Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

शौचालय नबनेपछि पाँच वटा वडा दिसामुक्त क्षेत्र घोषणा भएन

वीरगञ्ज। प्रदेश नं २ को एकमात्र वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र रहेका चार हजार २२० घरधुरीले आफ्नो घरमा शौचालय बनाउन नसक्दा पाँच वटा वडा दिसामुक्त क्षेत्र घोषणा हुन सकेका छैनन् । वीरगञ्ज महानगरपालिकामा गाभिएको वडा नं १९ को विन्दवासिनी, वडा नं १३ प्रसौनी बिर्ता, वडा नं २४ रामगढवा, वडा नं २५ बलुवा टोल र वडा नं २३ उदयपुरघुर्मीका चार हजार २२० घरधुरीमध्ये अधिकांश घरमा शौचालय नभएपछि सो ठाउँ दिसामुक्त क्षेत्र घोषणा हुन नसकेको वीरगञ्ज महानगरपालिकाअन्तर्गत रहेको खानेपानी शाखाले जनाएको छ । उनन्तिस हजार ९६३ जनसंख्या रहेको ती वडामा केही घरमा शौचालय बने पनि केही घरमा शौचालय नबन्दा तथा जनप्रतिनिधिको उदासीनताका कारण हालसम्म दिसामुक्त क्षेत्र घोषणा हुन बाँकी रहेको इन्जिनियर सुनिलकुमार कर्णले राससलाई बताए । एक लाख २७ हजार २२७ महिला तथा एक लाख १३ हजार ६९५ पुरुष गरी दुई लाख ४० हजार ९२२ जनसंख्या रहेको वीरगञ्ज महानगरपालिकाभित्र रहेका ३२ वडामध्ये २३ वटा वडाको घरमा शौचालय भएकाले ती वडा दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् भने वडा नं १, १५, ३० र ३१ वडा दिसामुक्त क्षेत्र घोषणाको संघारमा रहेका छन् । छयानब्बे प्रतिशत घरमा शौचालय भए पनि अन्य चार प्रतिशतले आफ्नो घरमा शौचालय नबनाएकाले उनीहरुलाई महानगरपालिकाबाट दिँदै आएको सुविधा कटौती गरिएको छ । वीरगञ्ज महानगरपालिकाभित्र २३ वटा सार्वजनिक शौचालय रहेका छन् । महानगरपालिकाले सञ्चालनमा ल्याएका दुई वटा घुम्ती शौचालय सेवा बन्द भएपछि बटुवाले सास्ती भोग्दै आइरहेका छन् । पाँच वटा वडा किन दिसामुक्त क्षेत्र घोषणा नभएको भनी जिज्ञासा राख्दा महानगरपालिकाका प्रमुख विजय सरावगीले ती वडामा धमाधम शौचालय निर्माण भइरहेकाले ती वडा निकट भविष्यमा दिसामुक्त क्षेत्र घोषणा गरिने बताए । नगरक्षेत्रभित्र पर्याप्त मात्रामा सार्वजनिक शौचालय नहुँदा भारतलगायत अन्य ठाउँबाट आउने मानिसलाई दिसापिसाब गर्न सकस हुने गरेको गुनासो सुनिन थालेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy