आँखाको नानी दानकालागि तिलगंगा र गंगालाल हृदयरोग केन्द्रबीच सम्झौता
आषाढ़ ३० गते, २०७५ शनिवार 14th July, 2018 Sat१५:१७:२२ मा प्रकाशित
काठमाडौँ।तिलगंगाा आँखा प्रतिष्ठान र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच गंगालाल हृदयरोग केन्द्रमा यही असार २९ देखि आँखादान सम्बन्धी परामर्श तथा आँखाको नानी संकलन केन्द्र सञ्चालन गर्ने गरी सम्झौता भएको छ ।
तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङ र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माबीच सम्झौतापत्र आदानप्रदान भएको हो ।
सम्झौतापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा दीपेन्द्ररमण सिहंले सरकारले गर्नुपर्ने काम तिलगंगा आँखा प्रतिष्ठान र नेपाल आँखादान समाजको पहलमा भएको बताउँदै दृष्टिविहीनलाई दृष्टि दिने पुण्य कार्यमा मन्त्रालयको तर्फबाट पूर्ण सहयोग हुने विश्वास दिलाए ।
तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङले विगतमा आँखादान सम्बन्धी मानिसलाई बुझाउन गाह्रो भए तापनि अहिले धेरै हदसम्म सफल भएको बताउँदै आँखाको नानी संकलन केन्द्र देशव्यापी रुपमा धेरै बढाउन सके नानीबाट दृष्टिविहीन भएर बस्नुपरेकाको लागि दृष्टि फकार्उन सकिने धारणा व्यक्त गरे ।
शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले मुुलुकभर सबै क्षेत्रबाट तिलगंगासँग सहकार्य गरेर आँखाको नानी संकलन केन्द्र वृहत रुपमा बढाएर दृष्टिविहीनलाई दृष्टि प्रदान गर्नका लागि अपिल गरे ।
नेपाल आँखादान समाजका अध्यक्ष जगन्नाथ महर्जनले देशका विभिन्न जिल्लामा अवस्थित सरकारी अस्पतालमा पनि आँखाको नानी संकलन केन्द्र स्थापना गर्ने लक्ष्य लिएको बताए ।
“आँखा दान महादान” भन्ने युत्तिसँगै दृष्टिविहीनलाई आँखाको नानी प्रत्यारोपण गरेर नयाँ जीवन प्रदान गर्दैआएको नेपाल आँखा कार्यक्रम अन्तर्गत नेपाल आँखा बैंकले मृत्यु पश्चात आँखाको नानी दान गर्ने दाताबाट नानी संकलन, परीक्षण र सञ्चयलगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउने गर्दछ ।
आँखा बैकले शुरुवातको अवस्थामा पशुपतिको आर्यघाटलगायत विभिन्न ठाउँमा गएर आँखा दान सम्बन्धी मानिसमा जनचेतना जगाइ यस सम्बन्धी बुझाइन्थ्यो भने अहिले यीसँगै आर्यघाट विद्युतीय शव दाह गृहलगायत काठमाडौँमा रहेका तीन वटा ठूला अस्पताल वीर अस्पताल, त्रिविशिक्षण अस्पताल र पाटन अस्पतालमा आँखा बंैकबाट खटाइएका परामर्शदाताले परामर्श तथा जानकारी दिने काम पनि गरिन्छ, जसको माध्यमबाट आँखा दान गर्नेको संख्या बढ्दो क्रममा छ ।
नेपालमा दृष्टिविहीन हुनुको दोस्रो प्रमुख कारण आँखाको नानी बिग्रिएर हो । जसको एक मात्र उपचार आँखाको नानी प्रत्यारोपणबाट पुनः दृष्टि दिलाउनु नै हो ।
बैँकमा अहिले ७० हजार भन्दा बढी दाताले मृत्यु पर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन्, भने झण्डै १२ हजार ५०० जना भन्दा बढीले आँखाको नानी दान प्राप्त गरी पुनः दृष्टि प्राप्त गरेका छन् । पछिल्लो समयमा आँखा दान गर्न प्रण गर्नेको संख्या दोब्बरले बढेको पाइएको छ ।
विभिन्न कारणवश आँखाको नानी बिग्रिएर दृष्टिविहीन बनेका व्यक्तिका लागि यसरी संकलन गरिएका नानी प्रत्यारोपण गरिन्छ । सन् १९९४ को सेप्टेम्बर १६ मा नेपाल आँखा बैँकको स्थापना भएपछि नेपालमा यो सेवा सहज भएको हो ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: