हुम्ला । हुम्लामा प्रहरीले ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध चिनियाँ मदिरा तथा बियर बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार नाम्खा गाउँपालिका–२ स्थित नावलथाङबाट लुकाइछिपाइ राखिएको अवस्थामा ठूलो परिमाणमा अवैध मदिरा बरामद गरिएको हो।
प्रहरीले ५९४ कार्टुनमा रहेका ७ हजार १२८ बोतल चिनियाँ मदिरा र १९४ कार्टुनमा रहेका ४ हजार ६५६ बोतल बडवाइजर बियर बरामद गरेको जनाएको छ। बरामद मदिरा तथा बियरको अनुमानित मूल्य ५१ लाख ९३ हजार ६ सय रुपैयाँ रहेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० शंकर खड्काका अनुसार मदिरा लुकाइछिपाइ राखिएको अवस्थामा फेला पारिएको हो।
उनका अनुसार बरामद चिनियाँ मदिराको अनुमानित बजार मूल्य प्रतिबोतल ५०० रुपैयाँ र बडवाइजर बियरको प्रतिबोतल ३५० रुपैयाँ पर्छ।
बरामद सामग्रीमाथि आवश्यक कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिने भएको छ। प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाको रोहबरमा बरामद गरिएको मदिरा नष्ट गरिने जानकारी दिए।
प्रहरीले अवैध रूपमा भित्र्याइएको तथा बिक्री–वितरणका लागि लुकाएर राखिएको हुन सक्ने भन्दै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - १३:३२
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन मंसिरअघि नै सम्पन्न गर्नुपर्ने बताएका छन्। उनले प्रतिकूल परिस्थितिका...
श्रावण २९ गते, २०८३ - १२:४४
हुम्ला । हुम्लामा प्रहरीले ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध चिनियाँ मदिरा तथा बियर बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार नाम्खा...
श्रावण २९ गते, २०८३ - १२:१९
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि नेकपा नेता खगराज भट्टले आफूले पाएको जिम्मेवारीसँगै चुनौतीको भारीसमेत महसुस गरेको बताएका छ...
श्रावण २९ गते, २०८३ - ११:५९
स्याङ्जा। स्याङ्जामा अविरल वर्षासँगै आएको बाढीले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले बिहीबार राति ग ११ प ८१८३...
श्रावण २९ गते, २०८३ - ११:२७
काठमाडौं । पत्रकार किशोर श्रेष्ठको पक्राउसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनलाई बरामद गरिएका सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ। ...
श्रावण २९ गते, २०८३ - ११:०८
जाजरकोट । जाजरकोटमा लगातारको वर्षापछि तासुघाट खोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीले नलगाड नगरपालिका–१० रोलीमा घर तथा टहरा बगाउनुका साथै झ...
श्रावण २९ गते, २०८३ - १०:५३
काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाल गत असार २६ गते पक्राउ परे । सामाजिक सञ्जा...
श्रावण २८ गते, २०८३ - १७:२९
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित 'होटल रेडिसन'मा अनुगमन गर्...
श्रावण २८ गते, २०८३ - १७:२३
रोल्पा। रोल्पाको थबाङमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुर्दा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा परि दुई जना घाइते भएका छन् भने ...
श्रावण २८ गते, २०८३ - १७:०८
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको सम्पर्क कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड राखिएको छ। करिब पाँच महिनाको स्वास्थ्य उपचार...



प्रतिकृया लेख्नुहोस्: