Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

भैरहवा विमानस्थलको आधा काम सकियो

भैरहवा । राष्ट्रिय गौरवको आयोजनामा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको आधा काम सम्पन्न भएको छ। निर्माणकार्यको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले कामलाई तीव्रता दिएपछि विमानस्थल निर्माणको गति बढेको हो। अाजकाे अन्नपुर्णपाेष्ट दैनिकमा याे खबर छ - सन् २०१९ साललाई सञ्चालन वर्षको रूपमा लक्ष्य लिएर विमानस्थल निमाण कार्यलाई तीव्रता दिइएको विमानस्थल आयोजनाले जनाएको छ। हालसम्म समग्रमा विमानस्थलको ५० प्रतिशत बढी काम सम्पन्न भएको विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले बताए। विमानस्थलको हाल प्रशासकीय भवन, कन्ट्रोल टावर, धावनमार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले बताए। त्यस्तै विमानस्थल पार्किङ क्षेत्र, पानी ट्यांकीलगायत राख्ने काम पनि धमाधम निर्माण भइरहेका छन्। उनले विमानस्थलको अप्ठ्यारामध्येका काम धमाधम सम्पन्न हुने अवस्थामा रहेका कारण त्यसपछिका काम सरल रूपमा निर्माण भएकोले सन् २०१९ को जुनसम्ममा विमानस्थल तयार हुने बताए। सम्भवत सन् २०१९ सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवसको अवसरमा विमानस्थलबाट पहिलो उडान भर्ने गरी छलफल चलिरेहेको उनले जनाए। विमानस्थल पार्किङ क्षेत्रको ७० प्रतिशत काम सम्पन्न भएको र बाँकी ३० प्रतिशत काम एक महिनाभित्र पूरा हुनेछ। त्यसैगरी आगामी १५ दिनभित्र धावनमार्गको अन्य काम सम्पन्न भइसक्ने र त्यसपछि पिचको काम सुरु हुने उनले बताए। शर्माले ठेकेदार कम्पनीले अहिले काममा तीव्रता दिएकाले समायावधिअनुरूप काम गरिरहेका आयोजना प्रमुख शर्माले बताए। कुल ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैया“ लगानीमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एडीबीको ४०.५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ। यस्तै ओपेक फन्ड फर इन्टरनेसनल डेमलपमेन्टको ३०.५ प्रतिशत र थप ११ प्रतिशत तथा मूल्य अभिवृद्धि कर नेपाल सरकारले लगानी गर्ने छ। ६ अर्ब २२ करोड बढीको लगानीमा निर्माण भइरहेको विमानस्थलमा २ अर्ब ६ करोड रुपैयाँ खर्च भएको आयोजनाको कार्यालयले जनाएको छ। यो विमानस्थल ‘फोर ई’ स्तरको हो। जहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सबै जहाज अवतरण गर्न सक्छन्। तराईको ‘लोकेसन’ भएको हुँदा कहिलेकाहीँ त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसक्ने विमान पनि यहाँ अवतरण गराउन सकिनेछ। यो विमानस्थललाई त्रिभुवन विमानस्थलको विकल्पका रूपमा हेरिएको छ। यो विमानस्थल ‘फोर ई’ स्तरको हो। जहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सबै जहाज अवतरण गर्न सक्छन्। यो विमानस्थलको दीर्घकालीन लक्ष्य दैनिक १६ हजार यात्रुलाई सेवा दिने रहेको छ। दैनिक १६ हजारको दरले वार्षिक करिब ६० लाख यात्रु यो विमानस्थलले हयान्डल गर्ने लक्ष्य राखिएको छ। तर, सुरुमा भने ५÷६ सय यात्रुलाई सेवा दिन सकिने आयोजनाले जनाएको छ। २०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण गर्न चिनियाँ कम्पनीको नर्थ वेस्ट सिभिल एभियसन कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैया“मा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो। विभिन्न समस्याका कारण समयमा काम सम्पन्न नहुने भएपछि ठेकेदार कम्पनीलाई सन् २०१९ को जुन महिनासम्म म्याद थप गरिएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy