Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

यसरी फेरियो मुक्तकमैयाको जीवनस्तर

धनगढी। मालिकको घरमा कमैया भएर बस्दाको समयमा काठ र फुसले बनेको कच्ची घर टहरोमा बसेकी मुक्तकमैया सुन्दरी चौधरीले आफ्नो जीवनमा पक्की घरमा बस्न पाइएला भनेर कहिल्यै सोचेका थिएनन्। तर मुक्तिपछिका दिनमा भएको सचेतनासँगै अहिले उनको जीवनशैली फेरिएको छ । मुक्तिपछिका दिनमा श्रीमान् नरेश चौधरीले सिकेको डकर्मी तालीमको व्यावहारिक उपयोग गर्दै गरिएको कामबाट राम्रै कमाइ हुन थालेपछि उनको परिवारको जीवनशैली पनि फेरिन थालेको हो । “कच्ची घर टहरामा बसेर मालिकले अह्राएको काम गर्नु पर्दा आफ्ना दिन फेरिन्छन् भन्ने सोचिएको थिएन, उहाँले खुशी हुँदै भने, “मुक्तिपछिका दिनमा सीप सिकेर गरिएको कामले आम्दानी हुँदा सन्तुष्ट भएकी छु ।” कमाइसंगै उनको धनगढीको पुरानो हवाई मैदानमा पक्की घर निर्माण अन्तिम चरणमा पुगेको छ । आफ्ना श्रीमान्को कामलाई सघाउँदै जाँदा सुन्दरी पनि अनुभवी डकर्मी बनेका छन् । आफैँसँग घर चुनाइ गर्ने सीप भएकाले घर निर्माणमा सामग्रीबाहेकको खर्च नलागेको सुन्दरीले बताए । “एउटा ठाउँमा पक्की घरको काम पाएकै बेला अर्को ठाउँमा घर निर्माणका लागि बोलावट भइहाल्छ, श्रीमती सुन्दरीले भने, आर्थिक समस्याकै कारण कुनै समयमा छोराछोरीलाई विद्यालय पठाउन सक्ने अवस्थामा नरहेका उहाँका चार छोराछोरी अहिले नजिकको विद्यालयमा गएर पढ्ने गरेका छन् । कैलालीको चौमालाका एक किसानको घरमा कमैयाका रुपमा विगतमा काम गरेका सुन्दरीको परिवार मुक्तिपछिका दिनमा धनगढीको पुरानो हवाई मैदानमा कच्ची घर बनाएर बसेको छ । अर्का मुक्तकमैया गोपाल चौधरीले किस्तामा विद्युतीय रिक्साको व्यवसाय शुरु गरेका छन् । “रु चार लाखमा रिक्सा किनेर काम गरिरहेको छु, गोपालले भने मासिक किस्ता तिर्न र घर खर्चको जोहो गर्न पुगेको छ ।” उनले पनि विस्तारै आफ्नो पक्की घर निर्माण गर्ने सोच बनाउनु भएको छ । मुक्तकमैयाले पछिल्लो पटक गरिरहेको स्वरोजगारमूलक व्यवसायबाट आम्दानी वृद्धि हुँदा उनीहरुको जीवनयापन पनि पहिलेको भन्दा केही सहज बनेको देखिएको छ । धनगढीको पुरानो हवाई मैदानमा बसेका मुक्तकमैयालाई पुनःस्थापना जिल्ला समितिले प्रतिपरिवार पाँच धुर जग्गा उपलब्ध गराउने पहल थालेको भए पनि उनीहरुले अहिलेसम्म जग्गाको पूर्जा भने पाएका छैनन् । जग्गाको पूर्जा नपाउँदै पाँच धुर जग्गामा कतिपय पूर्वकमैया अहिले आफ्नो पक्की घर निर्माणमा लागेका छन् । पुरानो हवाई मैदानमा झण्डै ५० मुक्तकमैया परिवारको बसोबास रहेको छ । जिल्ला भूमिसुधार कार्यालयको तथ्यांकका अनुसार हालसम्म झण्डै चार हजारभन्दा बढी मुक्तकमैयालाई विभिन्न सीपमूलक र आयमूलक तालीम दिइएकोमा करीब ७० प्रतिशतले आफ्नो सीपको व्यावहारिक सदुपयोग गरेको देखिएको छ । मुक्तकमैयाले सिकर्मी, डकर्मी, सिलाइ कटाई, बंगुरपालन, कुखुरापालन, तरकारी खेतीलगायतका विषयमा तालीम पाउने गरेका छन् । शेरबहादुर देउवाको सरकारले विसं २०५७ साउन २ गते नेपालको कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङमा रहेको कमैया प्रथालाई अवैध घोषणा गर्दै कमैया मुक्ति घोषणा गरेको थियो । मुक्ति दिवसको अवसरमा मुक्तकमैयाले यहाँ विभिन्न कार्यक्रम गरी मुक्ति दिवस मनाएका छन् । कैलालीमा मुक्तकमैया परिवारको संख्या आठ हजार ९१० पहिचान भएकामा हालसम्म आठ हजार ४२९ मुक्तकमैया परिवारको पुनःस्थापन भइसकेको छ । अझै ४८१ जना मुक्तकमैया परिवारको पुनःस्थापना हुन बाँकी रहेको छ । सरकारले मुक्तकमैया परिवारको पुनःस्थापन कार्यक्रमअन्तर्गत मुक्तकमैयाको घर निर्माणका लागि जग्गा खरिदबापत प्रतिपरिवार रु दुई लाख, काठ खरिदका लागि रु एक लाख र घर मर्मतमा रु ५५ हजार उपलब्ध गराउँदै आएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending