Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

नागरिकलाई जुत्ताको माला लगाउने वडा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

खबरडबली संवाददाता

रौतहट । रौतहटस्थित बिभिन्न पूर्वाग्रह राखेर सर्वसाधारणलाई जुत्ताको माला लगाएर घुमाउने एकजना वडा अध्यक्ष सहित ४ जनामाथि  मुद्दा दर्ता गरिएको छ । 

जुत्ताको माला लगाएर सर्वसाधारण लाई घुमाउने गढीमाई नगरपालिका ९ का वडा अध्यक्ष हरिश्चन्द्र सहनी सहित ४ जना माथी ईलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता गरिएको हो ।

गरूडा नगरपालिका ३ मलाही बस्ने परिक्षण सहनीले माधवनारायण नगरपालिका ७ लौकाहा घर भई हाल मलाहि बस्ने श्रीराम सहनीको छोरा बर्ष १८ को राजु सहनीलाई मोटरसाईकलमा बसाई गत मंगलवार गरूडा बजारबाट घर तर्फ जाँदै गरेको थियो ।

सोही क्रममा  समयमा चाँदीपुल नजिक सडक खण्डमा गढीमाई वडा अध्यक्ष सहनी सहित नगरपालिका ९ बस्ने सोनेलाल सहनी,  सनम सहनी र शैलेन्द्र सहनीले मोटरसाईकल रोकी  विभिन्न किसिमको गाली गलौज गर्दै कुटपिट गरी परिक्षण सहनी र राजु सहनीको घाँटीमा जुत्ताको माला लगाई अपमानजनक तथा अमानविय व्यवहार गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन्।

उक्त घटनामा संलग्न वडा अध्यक्ष सहनी फरार भएको तथा अन्य तीनजना व्यक्तिहरुलाई सोही दिन पक्राउ गरीएको थियो।
वडा अध्यक्ष सहित चारैजना माथी माथी अपमानजनक तथा अमानविय व्यवहार कसूरमा मुद्दा दायर गरी रौतहट जिल्ला अदालतबाट म्याद थप लिई थप गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दिपक कुमार रायले बताएका छन् ।

पक्राउ तीनैजना ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको, फरार वडा अध्यक्ष सहनीको खोजी भईरहेको तथा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending