Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

आयोजनामा स्थानीयको लगाएको तालाबन्दी कायमै

सिन्धुपाल्चोक । विभिन्न १२ बुँदे माग राख्दै स्थानीयले मध्यभोटेकोशी जलविद्युत आयोजना कार्यालयमा लगाएको तालाबन्दी कायमै रहेको छ । निर्माधिन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाले लगाएको ठेक्का आफुखुशी रद्द गराएको भन्दै स्थानीय विरोधमा उत्रिएका थिए । त्यसपछि उनीहरुले आयोजनामा तालाबन्दी गरेका थिए । ठेक्का रद्द भएको अर्को रुप लिएपछि थप जटिललता उत्पन्न भएको छ । स्थानीयले आयोजना प्रभावित साविकको पाँच गाविसमा स्वास्थ्य चौकी, विद्यालयजस्ता भौतिक संरचना निर्माणमा चासो नदिएको भन्दै आक्रोसित बनेका छन् । बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा लगायतका जनप्रतिनिधिहरु उपस्थितिमा आयोजनाको साइट कार्यालय जम्बुमा पुगेर आयोजना प्रभावित क्षेत्रका स्थानीयले शुक्रबार कार्यालयमा तालबन्दी गरेका थिए । साविकको लिस्ती, गाती, मार्मिङ, मानेश्वाँरा गाविसबाट आएका प्रभावित स्थानीयले नारा जुलुस गर्दै आयोजनाको कार्यालयमा तालबन्दी गरेका हुन् । ’हामीले नियमसंगत ढंगबाटै फर्म दर्ता गराएका थियौं तर हामीलाई वाइपास गरेर प्रहरी प्रशासनको आडमा स्थगित गर्ने काम गरियो यस प्रति हाम्रो आपत्ती हो, अब हाम्रा पुराना मागहरु पनि पुरा गर्नु पर्छ‘, संघर्ष समितिका संयोजक सुप्पा श्रेष्ठले भने । उनले आयोजनामा ताल्चा लगाउनुको प्रमुख कारण तत्कालिन घटना भएपनि आयोजनाले स्थानीयसंग सम्झौता गरिएका पूर्ववत मागहरु हाल सम्म पुरा नगरिनु थप आन्दोलित हुन पर्ने वाध्यता रहेको बताए । ’हामी माथि अन्याय भयो स्थानीय युवाहरुलाई वाइपास गरियो अब हाम्रो माग पुरा नभएसम्म कुनै हालतमा ताला खोल्न दिंदैनौं‘, संघर्षरत एक स्थानीय सुरेन विक्रम योन्जनले बताए । उनका अनुसार आन्दोलित स्थानीयले आयोनाको अध्यक्षको कार्यकक्ष, आयोजना प्रमुखको कार्यकक्ष तथा अन्य कर्मचारी रहने समेतको कार्यकक्षमा तालाबन्दी गरेका छन् । गत शुक्रबार भएको घटनाको विषयलाई लिएर भएको तालाबन्दी पछि आयोजनाको काम प्रभावित भएको छ । मंगलबारसम्म स्थानीय संग कुनै वार्ता नभएपछि आन्दोलनकारीले चाईनिज कामदरको काममा समेत रोक लगाउने संयोजक श्रेष्ठले चेतावनी दिए । स्थानीयको पक्षमा सुनुवाई नभएसम्म तालाबन्दी नखोलिने बरु थप आन्दोलनको घोषणा गरिने संघर्ष समितिका संयोजक श्रेष्ठले बताए । स्थानीय जनताको मागलाई व्यवास्ता गरेर प्रशासनको आडमा ठेक्का रद्द गर्नु आयोजनाको गम्भिर त्रुटी भएको बाह्रबिसे नगरपालिकाका प्रमुख निम्फुन्जो शेर्पाले बताए । ’नियमसम्मत चल्नुपर्छ बल प्रयोग गर्नु हुँदैन भन्दा सिडियो सापले मलाई समेत धम्याउनु भयो,‘ नगरप्रमुख शेर्पाले भने । कांग्रेसको पक्षमा ठेक्का नलाग्ने भएपछि प्रशासनको ठाडो आदेशमा रद्द गरिएको शेर्पाले आरोप लगाए । स्थानीय संघर्ष समितिले उठाएका मागहरुका सन्दर्भमा जनप्रतिनिधिहरुको सहभागितामा आयोजनासंग पटक पटक कुरा राखे पनि कुनै सुनाई नभएको शेर्पाले बताए । आयोनजनाले शिक्षा, स्वास्थ्य लगाएत स्थानीयको आधारभूत कुराहरुको लागि वार्षिक ३० लाख रुपैया आर्थिक सहयोग गरिने आयोजनाको यस अघिको प्रतिवद्वता कुनै पालना नभएको उनले बताए । स्थानीयले आयोना विरुद्व आन्दोलन गर्नुको वाध्यता प्रमुख दोषी प्रमुख जिल्ला अधिकारी असमान तामाङ र मध्यभोटेकोशी आयोजना रहेको तथा प्रजिअ तामाङले जनताविरुद्व राणाशासन चलाएको आरोप समेत लगाए । आयोजना छिटो सम्पन्न गर्न स्थानीयको तर्फबाट सहयोग गरे पनि आयोजनाले पेलेर जान खोजेपछि आफूहरुको समेत सर्मथनमा आयोजनामा तालबन्दी गर्न वाध्य भएको नगरप्रमुख शेर्पाले बताए । यस सन्दर्भमा सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी असमान तामाङले घटनाको जिम्मेवारी प्रहरी प्रशासन नभएको जिकिर गरे । ’फर्म रद्द गराउने, समिट गराउने तथा ठेक्का खुलाउने काम प्रहरी पशासनको होईन, हाम्रो जिम्मा सुरक्षाको मात्र हो,‘ प्रजिअ तामाङले भने । ’एउटा सिडियोले टेन्डर रोकेर कहाँ रोकिन्छ ? हाम्रो पाटो भनेको सुरक्षा मात्र हो उहाँहरुले हामीलाई आरोप मात्रै लगाउनु भएको हो‘, तामाङले थपे । यस सन्र्दमा आयोजना प्रमुख सुनिल लामाले घटना हुनुमा आयोजनाको कुनै कमजोरी नभएको जिकिर गरे । स्थानीयको पूर्व मागका सन्दर्भमा भने आयोजनाले पुरा गरिने बचनवद्वता गरेको बताए । एउटा ठेकदाको सन्दर्भलाई लिएर कार्यकर्ता पंक्तिले नेतृत्वलाई नै गालिगलोज गर्न स्थति किन आयो ? भन्ने प्रश्नमा प्रदेश सांसद तथा मन्त्री अरुण नेपालले आफुलाई उक्त घटनाको बारेमा कुनै जानकारी नभएको बताए । शुक्तबार भएको घटनामा प्रहरी माथि नै हातपात गरेको भन्दै प्रहरीले संघर्षरत कुमार श्रेष्ठलाई पक्राउ गरेको थियो । उनलाई केही दिनमा नै छाडिने तयारी रहेको प्रजिअ असमान तामाङले जानकारी दिए । स्मरण रहोस केही दिनअघि प्रभावित साविकको गाविसमा भौतिक निर्माणको काम गर्न मध्यभोटेकोशी आयोजनाले चार करोडको टेण्डर आहृवान गरेको थियो । तर दुई पक्षबिच झडप भएको थियो । आयोजना प्रभावित क्षेत्रका स्थानीयले अधिग्रहण गरेको जग्गाको अहिलेसम्म क्षतिपूर्ति नदिएको, स्वास्थ्य चौकी लगायतका संरचनाहरु हालसम्म पनि निर्माण नगरिदिएको, स्थानीयसँग गरेका प्रतिवद्धताहरु पुरा नगरेको स्थानीयको आरोप छ । आयोजना प्रमुख सुनिलकुमार लामाले उक्त क्षेत्रका सासंद, मन्त्री लगायत जनप्रतिनिधिहरु र स्थानीयसँगको छलफलको माध्यमबाट निकास खोज्न आफुले पहल गरिरहेको जानकारी दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy