Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

बाढीले बगायो झोलुङ्गे पुल, घान्द्रुक जाने सडकसमेत अवरुद्ध

किम्रोंग र मोदी खोलाको बाढीले कास्कीमा ठूलो क्षति, स्थानीय र पर्यटकको आवतजावत प्रभावित

खबरडबली संवाददाता

कास्की । लगातारको वर्षापछि आएको बाढीले कास्कीमा ठूलो क्षति पुर्‍याएको छ। अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रोंग खोलामाथिको झोलुङ्गे पुल बगाउनुका साथै मोदी खोलाले सडक कटान गर्दा पर्यटकीय गाउँ घान्द्रुक जाने मुख्य सडकसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार करिब १४० मिटर लामो झोलुङ्गे पुल बाढीले बगाएपछि किम्रोंग हुँदै घान्द्रुक जाने आवतजावत पूर्ण रूपमा ठप्प भएको छ। पुल बगेपछि स्थानीय बासिन्दा, विद्यार्थी, बिरामी, दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने सर्वसाधारण तथा अन्नपूर्ण पदमार्ग हुँदै यात्रा गर्ने स्वदेशी–विदेशी पर्यटकहरू प्रत्यक्ष प्रभावित भएका छन्।

अब किम्रोंगबाट घान्द्रुक पुग्न भुजुङ र मेलाचे हुँदै करिब दुई घण्टा बढी समय लगाएर वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था आएको अध्यक्ष केसीले बताए। विशेषगरी वर्षायाममा सुरक्षित वैकल्पिक मार्ग नहुँदा जोखिम थप बढेको उनको भनाइ छ।

उता, किम्रोंग खोला मोदी खोलामा मिसिने स्थान आसपास आएको बाढीले अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमास्थित सेउली बजारमा सडक कटान गरेको छ। सडक बगेपछि बिरौटाँटी हुँदै घान्द्रुक जाने पक्की सडक पूर्ण रूपमा अवरुद्ध भएको गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए।

बाढीले सेउली बजारमा दीपिल गुरुङको एउटा घर र रेस्टुरेन्ट पूर्ण रूपमा बगाएको छ भने जगन पुनको रेस्टुरेन्टमा क्षति पुगेको छ। आसपासका अन्य घरहरू पनि उच्च जोखिममा रहेको स्थानीय प्रशासनले जनाएको छ।

सडक पूर्ण रूपमा क्षतिग्रस्त भएकाले तत्काल सवारी सञ्चालन सम्भव नभएको र पानीको बहाव घटेपछि ग्याबिन जाली प्रयोग गरी अस्थायी रूपमा सडक सञ्चालन गर्ने तयारी भइरहेको प्रवक्ता गुरुङले बताए। घान्द्रुक जाने सडक सञ्चालन हुन अझ केही दिन लाग्ने अनुमान गरिएको छ।

मोदी खोला आसपास बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन, नदी किनारमा नजान तथा आवश्यक परे सुरक्षित स्थानमा सर्न गाउँपालिकाले आग्रह गरेको छ।

यसैबीच गाउँपालिका अध्यक्ष केसीले संघीय सरकार, गण्डकी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय कास्की तथा सम्बन्धित निकायलाई क्षतिग्रस्त पुल र सडकको तत्काल निरीक्षण गरी अस्थायी आवतजावतको व्यवस्था तथा स्थायी पुनर्निर्माणको काम शीघ्र अघि बढाउन अनुरोध गरेका छन्।

उनले स्थानीयको सुरक्षा, सहज आवागमन र अन्नपूर्ण पदमार्गको निरन्तरताका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हराए रवि ? सुकुम्बासी संकटमा मौन बसेपछि सामाजिक सञ्जालमा ‘मानिस हराएको सूचना’ भाइरल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सुकुम्बासीको मुद्दामा मौन बसेपछि सामाजिक सञ्जालमा उनको आलोचना चुलिएको छ। चुनावी ...

बाढीले बगायो झोलुङ्गे पुल, घान्द्रुक जाने सडकसमेत अवरुद्ध

किम्रोंग र मोदी खोलाको बाढीले कास्कीमा ठूलो क्षति, स्थानीय र पर्यटकको आवतजावत प्रभावित

घर गुमाए, आश्रय पनि डुब्यो : सुकुम्बासीको पीडामाथि दमनको अर्को अध्याय

काठमाडौं । एउटा घर गुमाएको परिवारलाई सरकारले अस्थायी आश्रय दियो। उनीहरूले सोचे—अब केही समय भए पनि सुरक्षित रूपमा बाँच्न पाइएला। तर नियतिले फेरि उनीहरू...

मोदीखोलाको कटानले घान्द्रुक जाने सडक ठप्प

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल-बिरेठाँटी-घान्द्रुक सडक अवरुद्ध बनेको छ ।...

आगोले सोधिरहेको प्रश्न : प्रेम आचार्यदेखि गणेश, विवेक र अश्विनसम्म किन दोहोरिँदै छन् आत्मदाहका घटना ?

काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...

जेनजी अभियन्ता पक्राउप्रति नारायणकाजीको आपत्ति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...

गणेशको शव बुझ्न परिवारको अस्वीकार, ‘राज्यले जिम्मेवारी नलिएसम्म अन्त्येष्टि हुँदैन’

सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्‍यो, घटनाको बहुआयामिक छानबिन तीव्र

आज पूर्वदेखि मध्य नेपालका केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...

गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी

काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...

संसद्मा कानुन, फुर्सदमा ब्रस : श्रमलाई नछाड्ने सांसद हरिप्रसाद भुसालको प्रेरक यात्रा

रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending