Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

सगरमाथामा फोहर बढ्यो, सरोकारवाला चिन्तित

काठमाडौँ। विश्वव्यापी तापमान र जलवायु प्रदूषणको प्रभावले सर्वोच्च शिखर सगरमाथासहितका हिमालमा परेको प्रभावप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय पर्यटन पत्रकार संघ ९नाटोज०ले मंगलबार आयोजना गरेको सफा सगरमाथा अभियान विषयक अन्तक्र्रियाका वक्ताले नेपालको पर्यटन प्रवद्र्धनमा हिमालको पहिलो भूमिका भएकाले तीनको संरक्षणमा र सफाइको लागि प्रभावकारी कार्यक्रम ल्याइनुपर्ने खाँचो औँल्याइयो । नेपालको पहिचान सगरमाथा भए पनि सगरमाथाको फोहर र वावातवरणीय समस्याका कारण सगरमाथालगायत अन्य हिमाल जोखिममा पर्दै गएको उनीहरुको धारणा थियो । कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले लागि सगरमाथा र अन्य हिमालको संरक्षण र सम्वद्र्धन बिना नेपालको पर्यटनले गति लिन नसक्ने बताए । उनले सरकारले सन् २०१८ लाई स्वच्छ नेपाल अभियान शुरु गरिसकेको जानकारी दिँदै सफा सगरमाथाको लागि महाभियान चलाइने उद्घोष गरे । नेपालको आफ्नो कारणले मात्र नभई विश्वव्यापी समस्याका कारण नेपालले पनि त्यसको असर भोग्न परेको भन्दै मन्त्री बस्नेतले यस विषयमा विकसित राष्ट्रसँग आफ्ना कुरा राख्ने र नेपालले त्यसबाट लिन सक्ने फाइदाबारे सरकारले पहल गर्ने उल्लेख गरे । नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पाले जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण नेपालका हिमनदी जोखिममा रहेको र यसले नेपाली जनजीवनलाई असर गरिरहेको बताए । उनले सगरमाथाको सरसफाइ चुनौतीपूर्ण कार्य भएको बताउँदै आफूहरुले व्यक्तिगत पहलमा फोहर संकलन गर्दै आएको बताए । नेपाल वायुसेवा निगमका सञ्चालक समिति सदस्य निमानरु शेर्पाले नेपालको पहिचाननै सगरमाथा भएकाले यसको सफाइ आवश्यक भएको बताए । गाउँ पर्यटन प्रवद्र्धन मञ्च ९भिटोफ नेपाल० का अध्यक्ष कमल सापकोटाले नेपाल गाउँ नै गाउँको देश भएको हुनाले ग्रामीण पर्यटनको विकासमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा सगरमाथा आरोही कल्पना महर्जनले आफूले सगरमाथा अरोहण गर्दा देखेको फोहरले गर्दा सफा सगरमाथा अभियान शुरु गर्न लागिएको बताए । नाटोजका अध्यक्ष शिव अधिकारीले सगरमाथा सफाइ अभियानलाई राष्ट्रियरुपमा अघि बढाइनुपर्नेमा जोड दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy