Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

धाममा चढाइने चाँदीको सिक्का निष्काशनमा रोक

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामअंकित चाँदीको मुद्रा (सिक्का) निष्काशन रोक्का भएको छ । मुद्रा निष्काशनका विषयमा कस्तो नीति निर्माण गर्ने भन्ने विषय निश्चित नभएका कारण यस वर्ष पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम अंकित चाँदीको मुद्रा रोक्का भएको नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर शाखाका निर्देशक अशोककुमार पौडेलले जानकारी दिए । उनले सातै प्रदेशमा ऐतिहासिक स्थानविशेषका मुद्रा निष्काशनका विषयमा छलफल भइरहेको उल्लेख गर्दै यस वर्ष रोकिए पनि सम्भवतः अर्को वर्ष निष्कासन हुन्छ भने । पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम सञ्चालन समितिका अध्यक्ष रामवली चौधरीले मुद्रा निष्काशन भए पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्गको ऐतिहासिक र पौराणिक महत्व बढ्ने तथा शिव ज्योतिर्लिङ्गप्रति मानवीय आस्था, विश्वास र आकर्षण बढ्नेछ भने । यसअघि २०७३ सालमा पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्गअंकित हुलाक टिकट प्रकाशन भइसकेको छ । महादेवप्रति जलार्पण र अन्य सबै देवीदेवताप्रति रुद्राभिषेकका लागि प्रसिद्ध पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा शिव पाञ्चायन, गणेश पार्वती मन्दिर, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण मन्दिर, सन्तोषीमाताको मन्दिर, चन्द्रमा आकारको धाम सरोवर १०८ शिवलिङ्ग र ५।५ फिटको शिव मूर्ति र नागकुण्ड छन् । पुजारी चन्द्र नेपालले शास्त्रीय प्रमाणका लागि ज्योतिर्लिङ्गको अध्ययनअनुसन्धान शुरु भएको उल्लेख गर्दै स्वयं उत्पत्ति भएको ज्योतिर्लिङ्गको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने तथा आरोग्य र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रहेको बताए।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy