Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

पाकिस्तानी निर्वाचनमा आत्मघाती आक्रमण, मृत्यु हुनेको संख्या ३१ पुग्यो

काठमाडौं। पाकिस्तानमा कडा सुरक्षाबीच आमनिर्वाचनका लागि मतदान भइरहेकै बेला क्वेटामा भएको विस्फोटमा परि ३१ जनाको मृत्यु भएको छ । भने कयौं घाइते भएका छन् । उक्त आक्रमणको जिम्मा चरमपन्थी संगठन दौलत-ए-इस्लामियाले लिएको छ। मतदान आरम्भ भएको केही घण्टापछि प्रहरीको एउटा भ्यानलाई लक्षित गरी विस्फोट गराइएको अधिकारीहरूले बताएका छन्। देशका अरू भागमा समेत राजनीतिक दलका समर्थक र विरोधीहरूबीच झडपहरू भएका विवरण प्राप्त भएका छन्। जसमा खैबर पख्तुन प्रान्तमा एक जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् । पाकिस्तानमा आज संसद्को तल्लो सदन र चारवटा प्रान्तीय सभाका लागि करिब १० करोड ६० लाख नागरिकहरू मतदाताका रूपमा सूचीकृत छन्। मतदाताले राष्ट्रिय विधायिका नेसनल एसेम्बलीका २७२ सदस्यलाई प्रत्यक्ष रूपमा छान्नेछन्। तीमध्ये ७० स्थान महिला तथा अल्पसङ्ख्यकहरूका लागि आरक्षित छ। चुनावमा पूर्वक्रिकेट खेलाडी इमरान खानको पार्टी पीटीआईले पूर्वप्रधानमन्त्री नवाफ शरिफको दल पीएमएल–एनलाई टक्कर दिने ठानिएको छ। भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा दोषी ठहर भएका शरिफ केही हप्ताअघि जेल चलान गरिएका थिए। चुनावी अभियान हिंसा र सैन्य हस्तक्षेपको आरोपबाट प्रभावित भएको थियो। खानका विरोधीहरूका अनुसार शक्तिशाली मानिने पाकिस्तानको सेनाले उनलाई सत्तामा ल्याउने योजना बनाएको छ। तर खान र सेना दुवैले उक्त आरोप अस्वीकार गर्दै आएका छन्। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy