श्रावण ११ गते, २०७५ शुक्रवार 27th July, 2018 Fri१५:५०:४० मा प्रकाशित
काठमाडौँ।रसुवाको टिमुरेमा बिहीबार गएको पहिरोमा परी नौ जनाको मृत्यु भयो । कमजोर भूधरातलका कारण पहिरोमा परी जनधनको क्षति भएको प्रारम्भिक अनुमान छ ।
हिमाली तथा महाभारत पर्वत शृङ्खलालाई कमजोर भूधारतल भएको क्षेत्रका रुपमा लिइन्छ । भूकम्पले त्यस क्षेत्रमा दबाबसमेत बढेको छ । भूकम्पले हल्लाएको क्षेत्रमा पानीको कारण टिमुरेमा पहिरो गएको हुनसक्ने जानकारहरुको भनाइ छ ।
नेपाल पहिरोको उच्च जोखिममा रहेको देश हो । पहाडी तथा हिमाली क्षेत्रमा एकपछि अर्को गर्दै पहिरोको जोखिम बढिरहेको छ । गृहमन्त्रालयका अनुसार यस वर्ष मात्रै हालसम्म ५८ वटा पहिरो गए । यसले नेपाल पहिरोको जोखिममा रहेको पुष्टि हुन्छ ।
गत वर्ष देशभर १६० वटा पहिरो गए । त्यसमा ५० पुरुष र २६ महिला सहित ७६ जनाको ज्यान गयो । यस्तै १४ बेपत्ता भए भने ५४ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै रु छ करोड १७ लाख ९३ हजार बराबरको क्षति भयो ।
हरेक वर्ष मारिनेको संख्या बढ्दै गएको छ । ‘गोरखा भूकम्प’का कारण हल्लिएको जमीनको संरचनामा आएको बदलावका कारण पहिरोको जोखिम बढ्दै गएको छ । भूकम्पका कारण बस्ती सार्नुपर्ने भनेर सिफारिस भएका पाँच सय बढी बस्ती हालसम्म सारिएको छैन । मनसुनको कारण पछिल्ला दिनमा वर्षाको मात्रा समेत बढिरहेको छ ।
ठाडो भीरालो जमीनमा रहेको बस्तीका कारण थप जटिलता देखिएको छ । गत वैशाखदेखि पहिरोमा परी २२ पुरुष र २० महिला सहित ४२ जनाको ज्यान गयो । हालसम्म दुई बेपत्ता र ५२ जना घाइते भएका छन् ।
यस्तै ३४१ परिवार विस्थापित भए भने रु चार करोड १२ लाख सात हजार ५०० को क्षति भएको गृह मन्त्रालयको विवरणमा उल्लेख छ ।
नेपालको जीवनरेखाको रुपमा परिचित मुग्लिन–नारायणगढ सडकखण्डमा हरेक दिनजसो पहिरो खसेको छ । पहिरोका कारण सवारी साधन रोकिने र नागरिकले दुःख र हैरानी व्यहोर्नु परेको छ ।
यस्तै बुटवल–पाल्पा सडकखण्डको शिद्धबाबामा दिनहुँजसो पहिरो जाने गर्छ । पहिरोका कारण आवतजावत रोकिने र नागरिकले समस्या भोग्नु परेको छ । केही समय पहिले पृथ्वी राजमार्गको कृष्णभीरमा त्यस्तै खालको समस्या आउने गरेको थियो । नेपाली प्राविधिकले जापानी प्रविधिको प्रयोग गरेर कृष्णभीरको पहिरो पछिल्लो एक दशकदेखि रोकिएको छ । सोही राजमार्गको जोगिमारा खण्डमा कहिलेकाही पहिरो जाने गरेको छ ।
अन्य राजमार्गमा पनि फाट्टफट्ट पहिरो जाने गरेको छ । पछिल्लो एक दशकमा पहिरोको मात्रा बढ्दै गएको छ । वन फँडानी तथा प्राकृतिक रुपमा देखिने परिवर्तनका कारण पहिरोको मात्रा बढ्दै गएको जानकारको भनाइ छ ।
किन जान्छ मुग्लिन सडक खण्डमा पहिरो रु
मुग्लिन–नारायणगढ सडक खण्डको पहिरो व्यवस्थापनबारे विद्यावारिधि गर्नुभएका विपद् जोखिम व्यवस्थापन विज्ञ डा कृष्ण देवकोटा मुग्लिङ–नारायणगढ र वुटवल–पाल्पाको सडक भौगोलिक रुपमा कमजोर भएको बताउनुहुन्छ ।
कमजोर जमीन भएको ठाँउमा सडक विस्तार गर्दा पर्याप्त मात्रामा विपद् जोखिम न्यूनीकरणको काम नभएले पटक÷पटक पहिरो जाने गरेको उहाँको भनाइ छ ।
“भिरालो जमिन पनि पहिरोको अर्को कारण हो । विशेषगरी २७ देखि ३७ डिग्रीको प्राकृतिक भीरमा बढी पहिरो जान्छ । यस्ता भीर नेपालमा धेरै छन् । त्यस्ता भीर भएका क्षेत्रमा बसोवास तथा आवतजावत गर्दा समेत विशेष सावधानी अपनाउनुपर्दछ, ” उनी भन्छन् ।
जमीनको अवस्थितिका कारण तल्लो तहले थेग्ने शक्ति कमजोर बन्न पुगेको छ । भूकम्पका कारण जोखिममा परेका क्षेत्रमा वर्षाको पानी पर्दा माथिल्लो तहले धकेल्ने शक्ति बढ्दै गएको देखिन्छ । डा देवकोटा नेपालमा पछिल्ले समयमा पहिरोको मात्रा बढ्नुको पछाडि त्यस्तै कारण रहेको टिप्पणी गर्छन् ।
भिरालो जमीनमा सडक तथा अन्य भौतिक निर्माण गर्दा ठूलो सावधानी अपनाउनुपर्ने आवश्यकता भए पनि मनलाग्दी तवरले सडक निर्माण भइरहेका छन् । सडक निर्माणमा प्राविधिक अध्ययन तथा अनुसन्धान गर्न छाडिएको छ ।
विशेष गरी ‘डोजर इञ्जिनियरिङ’ का आधारमा निर्माण हुने सडक समेत पहिरोका अर्को मानक बन्दै गएको छ । मुग्लिन– नारायणगढ सडकखण्डमा समेत अनियन्त्रित रुपमा सडक निर्माण गरिदा यात्रुले दुःख व्योहोर्नु परेको छ ।
बुटवल– पाल्पा सडक खण्डको पहिरोको कारण पनि मुग्लिन– नारायणगढ सडकखण्डको जस्तै रहेको छ । कमजोर भूधरातलमा बिना अध्ययन सडक बनाइदा समस्या थपिएको देखिन्छ ।
कुन कुन स्थानमा पहिरो जोखिम
डा देवकोटा विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा अति प्रभावित र प्रभावित जिल्ला पहिरोको उच्च जोखिममा रहेको बताउँछन् ।
“नेपालका प्राय सबै पहाडी र केही हिमाली जिल्ला पहिरोको हिसाबले उच्च जोखिममा छन् । स्थान विशेष भन्दा पनि नेपालको अधिकाशं भू–भाग नै पहिरोको जोखिममा छन् । त्यसबाट कसरी सुरक्षित हुने भन्ने विषय नै महत्वपूर्ण रहन्छ ”–उनले भने ।
चुरे पर्वत र महाभारत पर्वत शृङ्खला जहाँ ठूलाठूला दरार छन् त्यहाँ धेरै पहिरो जाने सम्भावना रहन्छ ।
यसरी गर्न सकिन्छ पहिरो नियन्त्रण
सडक निर्माणका क्रममा गतिलो अध्ययन गर्नु नै पहिरो नियन्त्रणको उत्तम उपाय हो । वृक्षरोपण तथा प्राकृतिक उपाय पनि अवलम्बन गर्न सकिन्छ । सडक निर्माण गर्दा जथाभावी डोजर प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गर्दै गहन रुपमा इञ्जिनियरिङ अध्ययन आवश्यक रहेको जानकारहरुको भनाइ छ ।
भौगर्भिक अध्ययनको आधारमा उचित इञ्जिनियरिङ गर्न सकिए सडकखण्डमा पहिरो रोकथाम गर्न सकिन्छ । गृह मन्त्रालयका उपसचिव शंकरहरि आचार्य सरकारले पहिरोका जोखिम रहेका क्षेत्रमा आपतकालीन उद्धार तथा राहतका लागि जिल्ला प्रशासन कार्यालयलाई तयारी हालतमा राखिएको बताउछन् ।
उनले विपद् जोखिम न्यूनीकरणका लागि पोखरा, हेटौँडालगायतका स्थानमा हेलिकप्टरसमेत तम्तयारी अवस्थामा राखिएको जानकारी दिए ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: