Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

माथिल्लो तामाकोशी आयोजना, शेयर काठमाडौँबाटै भर्न पाइने

\"\"काठमाडौँ। राष्ट्रिय गौरवको आयोजनालाई आमनागरिकको सहभागिता गराउने लक्ष्यका साथ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन दिन थप सहज बनाइएको छ । गोरखा भूकम्पका कारण दोलखामा बसोबास गर्दै आएका नागरिक काठमाडौँ उपत्यकामा बसोबास गर्ने क्रम बढेका कारण उनीहरुका लागि आफू बसेको स्थानबाटै शेयरमा आवेदन गर्न पाउने व्यवस्था गरिएको हो । नेपालको आफ्नै लगानीमा निर्माण भइरहेको ४५६ मेगावाट क्षमताको सो आयोजनामा धेरैभन्दा धेरै नागरिकको सहभागिता गराउने लक्ष्यका साथ सरोकार भएका सबै पक्षसँग सहमतिसमेत जुटाएको छ । नेपाल धितोपत्र बोर्ड, आयोजना, आयोजना प्रभावित क्षेत्रका जनप्रतिनिधि र सरोकार भएका व्यक्तिको उपस्थितिमा बिहीबार भएको छलफलमा दोलखावासी सबैलाई न्यूनतम शेयर उपलब्ध गराइनेछ । बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार काठमाडौँ उपत्यकाभित्रैबाट पनि शेयर आवेदन दिन पाउने गरी व्यवस्था गरिएको छ । स्थानीयवासीले साधारण शेयर आवेदन दर्ता जिल्ला जानै पर्ने बाध्यताको समेत अन्त्य भएको छ । दोलखावासीले लामो समयदेखि राख्दै आएको मागको समाधान भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता आनन्द पोखरेलले जानकारी दिनुभयो । भूकम्प, बसाइँ सराइ गरेर आएकालाई समेत सहजरुपमा नै शेयर आवेदन गर्न दिइने विषयमा सहमति भएको र त्यसले लामो समयदेखि उठ्दै आएको मागको सम्बोधन भएको उनको भनाइ छ । आयोजनाले स्थानीय तह बन्नुभन्दा पहिल्यै गरिएको निर्णयका आधारमा शेयरमा आवेदन गर्दा अति प्रभावित, कम प्रभावित र प्रभावित गरी तीन श्रेणीमा विभाजन गरेको थियो । स्थानीयवासीले तह निर्धारण वैज्ञानिक नभएको भनी गुनासो गर्दै आएका थिए । सरोकार भएका निकायबीचको छलफलका आधारमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने अन्य आयोजनामा शेयरको विषयमा थप लचिलो बन्ने र कम शेयर पाउने नागरिकलाई सम्बोधन गरिने भएको छ । सहमतिअनुसार हितग्राही खाता नभएका दोलखावासीलाई शेयर आवेदन गर्न दिइनेछ । नेपाल स्टक एक्सचेञ्जमा शेयर सूचीकृत हुन केही समय लाग्ने भएकाले तत्काल हितग्राही खाता नभए पनि केही फरक नपर्ने देखिएको छ । शेयर आवेदकलाई सहजताका लागि स्वयंसेवक परिचालन गरी दोलखाका गाउँ गाउँमा परिचालन गरिनेछ । उनीहरुले स्थानीयवासीको घर घरमा नै गएर शेयर संकलन गर्ने, शेयर फाराम भराउने काम गर्नेछन् । हितग्राही खाता भएकाले त्यस्तो खाता संलग्न गराउने छन् भने नभएकाले पनि तत्काल भने शेयरमा आवेदन दिन पाउने गरी व्यवस्था गरिएको बोर्डका प्रवक्ता गिरीको भनाइ छ । दोलखामा रहेको बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ । बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले सहमति भएको विषयलाई बोर्ड सञ्चालक समितिको बैठकबाट निर्णय गरिने र सार्वजनिकरुपमा जानकारी गराउने वचन दिएका छन्। तामाकोशीको साधारण शेयर यही साउन १६ देखि भदौ १४ गतेसम्म बिक्री गरिनेछ । आयोजना प्रभावित दोलखाका स्थानीयवासी र सर्वसाधारणलाई गरी रु दुई अर्ब ६४ करोड ७५ लाख बराबरको दुई करोड ६४ लाख ७५ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको छ । स्थानीयवासीलाई शेयर बाँडफाँड गरेपछिमात्रै आमनागरिकलाई शेयर बिक्री गर्ने तयारी गरिएको छ । आयोजनाको व्यवस्थाअनुसार स्थानीयवासीलाई रु एक अर्ब पाँच करोड ९० लाखबराबरको एक करोड ९० लाख कित्ता शेयर बिक्री गरिनेछ । यस्तै सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड ८५ लाखबराबरको एक करोड ५८ लाख ८५ कित्ता साधारण शेयर बिक्री गरिनेछ । आयोजना प्रभावितले प्रतिकित्ता न्यूनतम ३० देखि अधिकतम ३०० कित्ता शेयर आवेदन गर्न पाउने व्यवस्था गरिएको छ । यस्तै सर्वसाधारणले ५० देखि बढीमा एक हजार कित्तासम्म शेयर आवेदन गर्न पाउने व्यवस्था गरिएको छ । माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार हाल आयोजनाको ९६ प्रतिशत काम सम्पन्न भएको छ । आगामी पुस मसान्तसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको सुरुङ मर्मत सम्भारको काम प्रभावकारीरुपमा हुन नसक्दा आयोजना केही ढिलाइ हुन्छ कि भन्ने आशंका बढेको छ । भौतिक निर्माण र इलेक्ट्रोमेकानिकलतर्फको काममा उल्लेख्य प्रगति भए पनि सुरुङ मर्मतको काममा केही ढिलाइ भएको प्रवक्ता न्यौपानेले जानकारी दिए । कूल ४७ किलोमिटर लामो प्रसारण लाइनमध्ये हालसम्म २४ किमी प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ । यस्तै १०८ वटा टावर ठडिइसकेको छ भने १२३ वटा टावरको फाउण्डेशन तयार भएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy