Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

भूकम्प प्रतिरोधात्मक घर बनाउन इन्जिनियर सक्षम बन्दै

बुटवल। भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि रुपन्देहीको सैनामैना नगरपालिकाका इन्जिनियरलाई सक्षम बनाउन थालिएको छ । उनीहरुलाई क्षमता अभिवृद्धिसम्बन्धी तालीम दिएर भवन निर्माण गर्दा रहने द्विविधा हटाउन तालीम प्रदान गरिएको सैनामैना नगरपालिकाका सबइन्जिनियर अरुण नेपालले बताए । उनले भने, “नगरपालिकामा घर नक्सा र डिजाइन बनाउँदा भूकम्प प्रतिरोधी बन्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो ।” इन्जिनियर नेपालले नगर क्षेत्रमा निर्माण हुने संरचना भूकम्प प्रतिरोधी बनाउन उपलब्ध निर्माण सामग्रीको आधारमा रहेर घर निर्माणको १० प्रतिशत अतिरिक्त बजेटका आधारमा एउटा संरचना निर्माण गर्न सकिने बताए । उनले भूकम्प प्रतिरोधी घर निर्माण गर्दा लागत बढी आउँछ भन्ने भ्रम नराख्न आग्रह गर्दै केही अतिरिक्त लगानीबाट राम्रो घर निर्माण हुन्छ भने । नेपालमा भूकम्पको जोखिम अहिले पनि भएकाले जोखिम न्यूनीकरणका लागि भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिइएको उल्लेख गर्दै नेपालले यहाँ निर्माण हुने संरचना पनि भूकम्प प्रतिरोधात्मक हुनुपर्ने आवश्यकता औँल्याए । तीव्र शहरीकरण भएको सैनामैना नगरपालिकामा ४५ हजार १७८ जनसंख्या रहेको छ जहाँ ३८९ प्रति वर्गकिलोेमिटर जनघनत्व छ । तीव्र बसाइँ सराइले जनसंख्या अत्यधिक वृद्धि भइरहेको छ । सो तालीममा ३३ जना सहभागी थिए । यसअघि ६२ जनालाई भूकम्प प्रतिरोधी घर निर्माण गर्न डकर्मी तालीम दिइएको थियो । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाको भवनसंहितालाई आधार मानेर भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्नुपर्ने आवश्यकता भएको बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy