Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

काठ चोर्ने गिरोह पक्राउ गरी सार्वजनिक

भक्तपुर। महानगरीय प्रहरी परिसर भक्तपुरले काठ चोर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले साउन ९ गते सूर्यविनायक नगरपालिका–४ दधिकोट एकताचोकमा शिवजी श्रेष्ठले सञ्चालन गरेको खाँडादेवी फर्निचर उद्योगबाट काठ चोरी गरी लैजाने क्रममा पक्राउ गरेका गिरोहलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा दोलखा गौरीशंखर–६ घर भई हाल सूर्यविनायक बस्ने २३ वर्षीय भिम तामाङ, सिन्धुली ध्याङ्ले–७ घर भई हाल सूर्यविनायक बस्ने १७ वर्षीय टल्के थोकर, सिन्धुली ध्याङ्कले–७ घर भई हाल सूर्यविनायक बस्ने २० वर्षीय राजकुमार थोकर, रामेछाप सुनपाती–२ घर भई हाल ललितपुर ज्यासलमा बस्ने ३२ वर्षिय दिपाक खपाङ्गी रहेका छन् । प्रहरीले गिरोहलाई खाँडादेवी फर्निचर उद्योगबाट करिव २६ क्यूफिट सालको काठ चोरी गरी भाग्दै गरेको बा १ ख ८६१० नं को मिनीट्रक र चालक काभ्रे फुलबारी–३ घरभई हाल ललितपुर ग्वार्को बस्ने २२ वर्षीय विकास तामाङलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जानकारी दिए । उनीहरुको अरु गिरोहसँग मिलेमतो छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको पोखरेलले बताए । त्यसैगरी मध्यपुर थिमी नगरपालिका–६ गाँखुस्थित नविनकुमार बुढाथोकीको घरबाट सुन र नगद चोरी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरी सर्वाजनकि गरेको छ । दोलखा वैदेश्वर गाउँपालिका–७ घर भई हाल चाँगुनारायण नगरपालिका–१ दुवकोट बस्ने ४० वर्षीय पशुपति रिमाललाई प्रहरीले आज सार्वजनिक गरेको हो । खानतलासीको क्रममा रिमालको कोठाबाट २ तोला ५१ लालको २ थान सुनको सिक्री, २ तोला २५ लालको सुनको मंगलसुत्र १ थान, १ तोला १६ लालको सुनको हातमा लगाउने बाला १ थान, सुनको १ तोलाको बेरुवा औंठी १ थान, १८ तोला चाँदीको टिकादानी १ थान र बिभिन्न कम्पनीका मोबाइलहरु ५ थान बरामद गरेको प्रनाउ पोखरेलले जानकारी दिए । उनमाथि चोरीका मुद्दा दर्ता गरी थप अनुसन्धानको कार्य भइरहेको पनि उनले बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending