Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

यस कारण ‘कल सेन्टर’ व्यवस्थित रुपमा सञ्चालन हुन सकेन

\"\"काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को हेलो सरकारले सञ्चालन गरेको ‘कल सेन्टर’ दक्ष जनशक्तिको अभावले व्यवस्थित रुपमा सञ्चालन हुन सकेको छैन । गत मंसिरदेखि नै हेलो सरकारको सट्टामा ‘कल सेन्टर’ सञ्चालनमा ल्याए पनि दक्ष जनशक्तिको अभावका कारण व्यवस्थित रुपमा सञ्चालन हुन नसकेको हेलो सरकारका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । सरकारले हेलो सरकारको सट्टामा जनताका गुनासोलाई छिटोछरितो रुपमा सञ्चालन गर्नका लागि ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको थियो । सर्वसाधारणका गुनासोलाई प्रत्यक्ष रुपमा सम्बन्धित अधिकारीलाई सुनाएर तत्काल नै समस्याको सम्बोधन गर्नका लागि कलसेन्टर सञ्चालनमा ल्याएपनि प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको उनले बताए । ‘‘जुन उद्देश्यले कल सेन्टर सञ्चालनमा ल्याइएको हो, त्यसअनुरुप कार्य अगाडि बढाउन सकेका छैनौं’’ प्रमुख उपाध्यायले भने– ‘‘दक्ष जनशक्तिको अभावका कारण कलसेन्टरलाई व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालन गर्न नसकेका हौं ।’’ कलसेन्टरका लागि आवश्यक प्रविधि भए पनि दक्ष जनशक्तिको अभावले भएका सफ्टवेयरको नेटवर्किङ गर्न नसकिएको पनि उनले बताए । ‘‘हामीसँग हेलो सरकार सञ्चालन गर्दा वेलाका नै कर्मचारी छन’’ प्रमुख उपाध्यायले भने–‘‘त्यति मात्र कर्मचारीले कल सेन्टर सञ्चालन गर्न सकिदैन भनेर थप कर्मचारी माग गरेका छौ ।’’ कलसेन्टर सञ्चालनका लागि बिहान सातजना, दिउँसो सातजना र साँझ पाँचजना कर्मचारीको आवश्यकता भएकाले सोहि अनुरुप सम्बन्धीत निकायसंग माग गरिएको जानकारी उनले दिए । अहिले बिहान, दिउँसो र साँझगरी दुई/दुई जनाका दरले कर्मचारीलाई व्यवस्थापन गरिएको छ । कलसेन्टर सञ्चालनका लागि ‘अमियो’ नामक नयाँ सफ्टवेयर ल्याइएको छ । कल सेन्टर स्थापना भएपछि हेलो सरकारका कर्मचारीले जनताका गुनासो फोनमार्फत टिपिरहनुका सट्टा आएका ती गुनासोलाई सिधैँ सम्बन्धित अधिकारीको मोबाइल नम्बरमा कलसेन्टरमार्फत पु¥याउने र गुनासोलाई सम्बन्धित अधिकारीले तत्काल सम्बोधन गर्ने व्यवस्था कलसेन्टरमा राखिएको थियो । यसरी कलसेन्टरमार्फत प्रधानमन्त्री, मन्त्री, सचिवलगायत सम्बन्धीत व्यक्तिको मोबाइल नम्बरमा गुनासो पुग्ने गर्दछ र उनीहरुले पनि तत्कालै गुनासोलाई सम्बोधन गर्नुपर्दछ । यदि प्रधानमन्त्री, मन्त्री तथा उच्च सरकारी निकायका अधिकारी व्यस्त भए उनीहरुको मोबाइलमा कलसेन्टरमार्फत सर्वसाधारणको गुनासो ‘रेकर्ड भ्वाइस’ पठाइन्छ र व्यस्ततापछि उनीहरुले ‘रेकर्ड भ्वाइस’सुनि समस्याको सम्बोधन गरी कल सेन्टरमा पठाउने व्यवस्था छ । त्यसपछि कल सेन्टरले सम्बोधन गरिएको गुनासो गर्ने व्यक्तिको मोबाइल नम्बरमा रेकर्ड भ्वाइस पठाउने व्यवस्था छ । तर अहिले कलसेन्टरले ती कार्य गर्न सकेको छैन् । हेलो सरकारले फोनसँगै फेसबुक र ट्वीटरबाट समेत गुनासा राख्ने गरेका छन् । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले २०६८ कात्तिक १७ गतेबाट जनताका गुनासोलाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हेलो सरकार सञ्चालनमा ल्याउनु भएको हो । अहिलेसम्म हेलो सरकारमा ७४ हजार ६८८ गुनासो आएकामध्ये ५९ हजार ८१४ सम्बोधन भएका छन भने १४ हजार ४६४ गुनासो सम्बोधन गर्न बाँकी रहेको हेलो सरकार प्रमुख उपाध्यायले बताए । दैनिक ६० भन्दा बढी गुनासो हेलो सरकारमा आउने गरेको पनि उनले बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy