Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

यसरी भयो एकै रात तीनजनाको हत्या

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकाअन्तर्गत पर्छ मुसहरनियाँ गाउँ, मुख्य बजार क्षेत्रबाट झन्डै ५ किलोमिटर दक्षिणपूर्वमा । अाजकाे नागरिक दैनिकमा याे खबर छ - पक्की सडक नभए पनि सदरमुकाम क्षेत्रसँग सहज आवतजावत हुन सक्ने गाउँ हो यो । गत जेठ २६ गते राति यसै गाउँका सुरज भनिने सूर्यनारायण साह, उनकी पत्नी र पाँच वर्षीया छोरीको सामूहिक हत्या भयो । घटना भएको डेढ महिनाभन्दा बढी बितिसकेको छ तर सूर्यनारायण र छोरी प्रतिभाको शव अझै भेटिएको छैन । सूर्यनारायणका भाइ र बुहारीसहित १० जनाजतिको संलग्नतामा उक्त घटना गराइएको प्रहरीको अनुमान छ । तीमध्ये पाँचजना अभियुक्त पक्राउ परेका छन् भने बाँकी फरार छन् । अभियुक्तले प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानअनुसार दाजुभाइबीचको पारिवारिक झगडा तथा अंश विवादका कारण सूर्यनारायण, पत्नी बेचनी र छोरी प्रतिभाको सामूहिक हत्या भएको हो । जेठ २६ गते साँझ गाउँकै हटियाछेउको बाँसघारीनजिक प्रमिलाबाहेक पक्राउ परेका धर्मेन्द्र साह, सत्यनारायण साह र थापा भनिने जिवछ साह तथा फरार रहेका अभियुक्त पूर्वनियोजित रुपमा रक्सी सेवन गर्न बसेका थिए । उनीहरुले छोरीसहित हटियातिर हिँडेका सूर्यनारायणलाई पनि रक्सी खान बोलाए । पूर्वयोजनाअनुरुप अभियुक्तले थोरैथोरै खाए भने सूर्यनारायणलाई थपीथपी खुवाए । अँध्यारो गाढा भएपछि रक्सिको नशामा लट्ठिएका सूर्यनारायणको घाँटी थिचेर हत्या गरियो त्यसपछि छोरी प्रतिभाको पनि हत्या गरियो । दुवैका शवलाई बोरामा बाँधेर नहरको साइफनभित्र गाडिदिए अभियुक्तहरु घर फर्के । त्यति बेला रातिको करिब ९ बज्दै थियो । सूर्यनारायणकी चार महिनाको गर्भवती पत्नी बेचनी घरमा सुतिरहेकी थिइन् । एकैचोटि उनीमाथि आक्रमण भयो । उनको पनि घाँटी थिचेर हत्या गरियो । सुरुमा बेचनीको शव पनि साइफनभित्रै गाड्ने योजना थियो तर गाउँबाट झन्डै दुई किलोमिटर टाढा रहेकोले आँगनमै रहेको शौचालयको सेफ्टी ट्यांकीभित्र बेचनीको शव फालियो । सेफ्टीट्यांकीभित्र फालिएको शकुहिएर गनाउन थालेपछि गाउँलेहरुले जेठ ३१ गते राति प्रहरीलाई खबर गरेका थिए । त्यसपछि मात्र उक्त हत्याकाण्डको रहस्य खुलेको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy