Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

स्वास्थ्य मन्त्रालयमा शीर्षक र कार्यक्रमविनाको चार अर्ब बजेट

काठमाडाैं । संघीय सरकारबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि विनियोजित आर्थिक वर्ष ०७५/०७६ को बजेटमध्ये चार अर्ब शीर्षक र कार्यक्रमविनाको रहेको देखिएको छ । स्वास्थ्यमा विगतमा भन्दा बढी बजेट देखाउन सुनिश्चितविनाको रकम थपिएको अधिकारीहरू बताउँछन् । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - १३ खर्ब १५ अर्ब १४ करोडको राष्ट्रिय बजेटमध्ये स्वास्थ्य क्षेत्रका लागि ६५ अर्ब ३४ करोड विनियोजन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव भक्तराज जोशीले बताए । जसमध्ये स्वास्थ्य मन्त्रालयका लागि ५६ अर्ब ४१ करोड र अन्य मन्त्रालयमा आठ अर्ब ९३ करोड विनियोजित छ । जोशीले भने, ‘अघिल्लो वर्षको तुलनामा यसपटक राष्ट्रिय बजेट २.८ प्रतिशतले वृद्धि हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट २०.८ प्रतिशत बढेको छ ।’ सिलिङभन्दा १३ अर्ब ४६ करोड बढी बजेट चालु आर्थिक वर्ष समग्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट १३ अर्ब ४६ करोडले बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्यको बजेटमा ७९ प्रतिशत नेपाल सरकार र बाँकी २१ प्रतिशत विकास साझेदारको शेयर छ । स्वास्थ्य क्षेत्रमा प्राप्त हुने वैदेशिक स्रोतलाई औषधि व्यवस्था विभाग, क्षयरोग, एड्स तथा यौनरोग, मलेरिया नियन्त्रण कार्यक्रम, महिला तथा बाल स्वास्थ्य कार्यक्रम, औषधि तथा उपकरण खरिद, स्वास्थ्य शिक्षा, स्वास्थ्य तालिम, आयुर्वेद, अनुगमन मूल्यांकन तथा योजना सुदृढीकरण, प्राथमिक स्वास्थ्य पुनस्र्थापना, स्वास्थ्य बिमा तथा पूर्वाधार विकास गरी १६ वटा कार्यक्रममा परिचालन गरिएको छ । जसमा वैदेशिक सहायतातर्फ चार अर्ब २८ करोड अनुदान र सात अर्ब ५५ करोड ऋण सहयोग छ । तर, मन्त्रालयसमक्ष दाताका तर्फबाट जम्मा आठ अर्ब ६ करोडको मात्र प्रतिबद्धता प्राप्त भएको रातो किताबमा देखिन्छ । प्रतिबद्धताभन्दा अधिक देखिएको तीन अर्ब ७७ करोड सहायता प्राप्तिको आधार सुनिश्चित नभएकाले कार्यक्रम बनाउन सकस भएको कर्मचारी बताउँछन् । पैसाविनाको कार्यक्रम कसरी बन्छ ? भक्तराज जोशी उपसचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य मन्त्रालयलाई सुरुमा प्राप्त ४२ अर्ब ९५ करोडको सिलिङमा अघिल्लो बजेटभन्दा तीन अर्ब ७३ करोडले संकुचित देखिन्छ । अघिल्लो वर्षको तुलनामा यसपटक सिलिङ घट्दा केही कार्यक्रममा प्रभाव परेको थियो । अर्थ मन्त्रालयमा बजेट छलफल हुँदा तिनै कार्यक्रममा पुनः बजेट कटौती भएको थियो । अन्तिम अवस्थामा थपिएको बजेटले त्यस्ता क्रियाकलापलाई सम्बोधन गर्न नसक्दा संवेदनशील कार्यक्रममा नकारात्मक प्रभाव परेको छ । यस्ता विषयगत मन्त्रालयको संवेदनशीलतामा अर्थ मन्त्रालयले ख्याल गरिदिनुपर्छ । पैसा नभएर स्वास्थ्यले कार्यक्रम गरेन भन्ने कुरा आउँदैन । मन्त्रालयमा पैसा थियो । पैसा हुँदाहुँदै पनि कार्यक्रम गरेन भन्ने कुरा उठ्छ । स्वास्थ्य मन्त्रालयसमक्ष वैदेशिक सहायता खर्च गर्ने क्षमता रहेनछ भन्ने आरोप पनि लाग्छ । तर, तीन अर्ब ७७ करोडको कुनै कार्यक्रम नै छैन ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending