Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

बलात्कारपछि बर्बर हत्या

कैलाली । वडा कार्यालयको गणकमा छनोट भएको खबर लिएर घर पुगेकी दलित युवतीले आमासँग भनिन्, ‘मेरो नाम निस्कियो, अब तपाईंहरूका दु:खका दिन गए ।’ तर त्यसको छैटौं दिन घरबाट निस्किएकी २० वर्षीया युवती कहिल्यै नफर्किने गरी बिदा भइन् । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - ‘आमा, आज काम सकेर अलि चाँडै घर फर्किन्छु भनेर निस्केकी हो, तर कहिल्यै फर्किन,’ उनकी आमा भक्कानिइन्, ‘बैरीहरूले ज्युँदै खाइदिए मेरी छोरी ।’ बलात्कारपछि छोरीको हत्या भएको महिना दिन बितिसक्दा पनि आमाका आँखा ओभाएका छैनन् । बाबु सुस्ताएकै छन् । आफन्त र छिमेकीले ढाडस दिइरहेका छन् । ‘जब साँझ पर्न थाल्छ, छोरीकै अनुहार आँखामा नाच्न थाल्छ,’ किशोरीका बाबु रोए । कैलाली, मसुरियास्थित जहरी कटानको दलितबस्ती (दुर्गाचोक) का ४२ दलित परिवारमा एसएलसी पास गर्ने उनी एक्ली थिइन् । उनी एसएलसी पास हुँदा जेठाबुबा खडकले नातागोता र आफन्तलाई भोज नै दिएका थिए । पढाइमा अब्बल उनले १२ को परीक्षा दिएकी थिइन् । वर्षौंदेखि थाइराइडको बिमारले थलिएका बुबालाई छोरीकै भर थियो । परिवारको मात्र हैन, गाह्रोसारो परेका बेला पूरै गाउँ–समाजले उनकै भरोसा गथ्र्यो । गौरीगंगा नगरपालिका–११ नम्बर वडा कार्यालयले गणकमा छनोट गरेका ३ जनामध्ये पहिलो नम्बरमा नाम निस्केपछि उत्साह चुलिएको थियो । गणेश बडुवाल र उमेश चौधरीले उनीसँगै जागिर पाएका थिए । भविष्यमा धेरै अगाडि बढ्ने मनको धोको उनी आमालाई सुनाउँथिन् । हलिया गरेर गुजारा चलाउने बाबुआमा छोरीको लक्ष्य सुनेर दंग पर्थे । अरू दिन साँझ नपर्दै फर्किने छोरी असार १२ मा अबेरसम्म घर नआएपछि बुबाले छरछिमेकमा सोधखोज गरे । ‘छोरीको फोन अफ थियो, कुनै साथीको घर गइहोली भन्ठानेर मन थाम्यौं,’ उनले भने, ‘दोस्रो दिन पनि केही सुइँको नभएपछि आत्तियौं ।’ दोस्रो दिन साँझसम्म वल्लोपल्लो गाउँ सोधपुछ गरे तर कतैबाट छोरीको खबर पाउन सकेनन् । तेस्रो दिन इलाका प्रहरी कार्यालय मसुरियामा छोरी बेपत्ता भएको जाहेरी दिए । बेपत्ता भएको खबर गाउँभरि फैलियो । प्रहरीले खोजबिन सुरु गर्‍यो । प्रहरी र स्थानीयवासी चौथो दिन गाउँनजिकैको चपरथली सामुदायिक वनभित्र केन्द्रित भए । अलि भित्र खोल्सापारि पसेपछि हर्कले टाढैबाट छोरीले लगाएको चप्पल देखे । अलि अगाडि बढ्दा कपडा देखियो । ‘नजिक पुग्दानपुग्दै भान्जा अचेत भएर गल्र्याम्म ढले,’ युवतीका बुवाका मामाले भने, ‘त्यो कपडा नातिनीकै थियो । त्यहाँ कपडा मात्र थिएन, चोला उडेको उनको बीभत्स शरीर पनि थियो ।’ ‘घोप्टो परेको अवस्थामा उनको नाङ्गो शव भेटिएको थियो, उनले लगाएकै कपडाले हात बाँधिएको र मुखमा बुझो लगाइएको थियो,’ खोजतलास तथा अनुसन्धानमा खटिएका मसुरिया इलाका प्रहरी कार्यालयका नायव निरीक्षक गोपाल कार्कीले भने । प्रहरीका अनुसार युवती त्यही सामुदायिक वनको बाटो भएर साइकलमा झन्झटपुर जाँदै थिइन् । चपरथली जंगलको बीचमा पुगेपछि गौंडा ढुकेर बसेका गणेश बडुवाल, भुवन खाती र सुरज चौधरीले घेरा हालेर समाए । उनीहरूले बाटोबाट उठाएर जंगलभित्र लगी बलात्कार गरेका थिए । ‘चौथो व्यक्ति मनोज बोगटीले बलात्कार गर्ने क्रममा उनको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको छ,’ प्रहरी उपरीक्षक विनोद घिमिरेले भने । समूहमा तपेन्द्र बोगटीसमेत थिए । प्रहरी अनुसन्धानबाट घटनाका मुख्य योजनाकार उनीसँगै गणकको काम पाएका शिवपुरका ३० वर्षीय गणेश बडुवाल रहेको खुल्न आयो । विवाहित गणेशले काम सुरु गरेको दोस्रो दिनमै किशोरीसँग यौन प्रस्ताव राखेका थिए । तर उनले अस्वीकार गर्दै गाली गरेकी थिइन् । यौन प्रस्ताव अस्वीकार गरेको बदलामा गणेशले उनको सामूहिक बलात्कार र हत्या गर्ने योजना बनाएको प्रहरीले मनोजबाट थाहा पाएको हो । ‘यो केटी फुर्ती गर्छे, हाम्लाई टेर्दिनँ, उसको हत्या गरेपछि उसले पाउने काम मै पाउँछु र ८० हजार दिन्छु भनेर गणेशले मनोजलाई हत्यामा संलग्न गराएको देखियो,’ प्रहरी उपरीक्षक घिमिरेले भने, ‘मनोजले पोल खोलेपछि घटनामा संलग्न सबैलाई पक्राउ गर्न सजिलो भएको हो ।’ प्रहरीले उनीहरू सबैलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । मंगलबार अभियुक्तहरूमाथि जिल्ला अदालतमा थुनछेक बहस भई पुर्पक्षका लागि जिल्ला कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बलात्कार तथा हत्यामा संलग्नहरू कानुनी कारबाहीको दायरामा आएका भए पनि अभिभावक र आफन्तलाई छोरीको पीडाले पोल्न छाडेको छैन । प्रहरीका अनुसार मौजुदा कानुनअनुसार घटनामा संलग्नलाई ३२ वर्षसम्म कैद हुनसक्छ । युवतीको हत्यापछि गाउँमा त्रास छ । मसुरिया दलितबस्तीका महिला पशु–चौपाया चराउन जंगल जान छाडेका छन् । बढेका छोरीलाई विद्यालय पठाउन मुस्किल हुन थालेको गाउँले बताउँछन् । ‘किशोरीको परिवारमा धपक्क बलेको दियो त निभ्यो निभ्यो, सिंगै दलितबस्तीले बाटो डोर्‍याउने छोरी गुमायो,’ वडा सदस्य अमृता विकले भनिन्, ‘कैद जरिवाना भएर मात्र हुन्न, पीडित परिवारलाई सरकारले क्षतिपूर्तिको व्यवस्था पनि गर्नुपर्ने हो ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy