श्रावण १८ गते, २०७५ शुक्रवार 3rd August, 2018 Fri०९:१६:०२ मा प्रकाशित
स्याङ्जा । कालीगण्डकी गाउँपालिका ६, दब्छेस्थित धु्रवज्योति माविको कक्षा ८ मा अध्ययनरत प्रकृति भट्टराई स्कुलमा तरकारी खेती गर्छिन् । उनी मात्रै होइन, कक्षाका सबैजना पालैपालो तरकारी बारीमा खटिन्छन् । उनीहरूले स्कुलको बारीमा थरीथरी तरकारी फलाएका छन् ।
अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन विद्यालयले आफ्नै परिसरमा तरकारी बारी बनाएको छ । त्यहाँ विद्यार्थीले थरीथरी तरकारी फलाएका छन् । ‘कक्षामा पढेका विषय व्यवहारमा उतार्न स्कुलकै बारीमा जान्छौं, कक्षाको बीचमा तरकारी बारीमा काम गर्दा रमाइलो लाग्छ, सिकिन्छ पनि’ प्रकृति भन्छिन् ।
उनीसँगै पढ्ने अस्मिता राना पनि कक्षा खाली भएका बेला बारीमै बिताउँछिन् । पाँच वर्षदेखि विद्यार्थीलाई बारीमै लगेर प्रयोगात्मक शिक्षा दिएको प्रध्यानाध्यापक हीराबहादुर गाहाले बताए । विद्यालयले ‘एक विद्यार्थी एक तरकारी’ उत्पादनको नारा बनाएर प्रयोगात्मक कक्षा सुरु गरेको हो । मावि तहसम्मका कुल ३ सय ११ विद्यार्थीले बारीमा कम्तीमा एकवटा तरकारीको बिरुवा रोपेर स्याहार गर्नुपर्छ । कहिलकाहीँ उनीहरू तरकारी स्याहार्न विद्यालय समयभन्दा छिटो स्कुल आउँछन् । ‘सामूहिक रूपमा लगाएको तरकारी खेतीले उनीहरूलाई हौसला मिलेको छ,’ प्रधानाध्यापक गाहाले भने, ‘पढेकाले कलम मात्र होइन, कुटो, कोदालो पनि चलाउन जरुरी छ । सबैले कृषि पेसालाई सम्मान गर्नुपर्छ ।’
अभिभावक पूर्णबहादुर विकले स्कुलले तरकारी खेती गर्न सिकाएकामा खुसी व्यक्त गरे । ‘स्कुलमा सिकेर छोरीले घरमा तरकारी लगाएकी छन्,’ उनले भने । ०३४ सालमा स्थापना भएको यो विद्यालयमा जनजाति र दलित समुदायका विद्यार्थी धेरै छन् । कक्षा नर्सरीदेखि कक्षा ११ सम्म कुल विद्यार्थीमध्ये ब्राह्मण ९ जना मात्र रहेको विद्यालयले जनाएको छ ।
विद्यालयमा ८६ जना दलित र बाँकी सबै जनजाति रहेको प्रध्यानाध्यापक गाहाले जानकारी दिए । शिक्षा मन्त्रालयले क्षेत्रीयस्तरमा उत्कृष्ट छानिएको यस विद्यालयमा व्यावहारिक र सैद्धान्तिकसंँगै गुणस्तरीय शिक्षा दिएको प्रधानाध्यापक गाहाले दाबी गरे । यो विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुने भएकाले विद्यार्थीको संख्या बढदै गएको उनी बताउँछन् ।
जिल्ला शिक्षा विकास तथा इकाई कार्यालयले विद्यालयमा सूचना र सञ्चार प्रविधि (आईसीटी) माध्यमबाट पढाइ हुने भएकाले गुणस्तर राम्रो भएको बताएको छ । ‘एक विद्यार्थी एक फूल’ यो विद्यालयको अर्को विशेषता हो । त्यसैले यो विद्यालयमा फूलबारी पनि चिटिक्क छ । यो विद्यालयको भूतपूर्व विद्यार्थी मञ्चले सामाजिक सञ्जालको माध्यमबाट रकम संकलन गरी एम्बुलेन्स खरिद गरेको छ । त्यो एम्बुलेन्सको आम्दानीबाट अंग्रेजी शिक्षकको व्यवस्था गरेको छ ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: