Ntc summer Offer
Khabar Dabali २० पुष २०८१ शनिबार | 4th January, 2025 Sat
Investment bank

सीपमा आधारित सिकाइलाई अभियानकै रुपमा चलाउदै सरकार

विराटनगर। प्रदेश नं १ का सामाजिक विकास मन्त्रालयले शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर लक्षित गरी प्रविधिमैत्री, बालमैत्री, दण्डहीनता र व्यवहार कुशल सीपमा आधारित सिकाइलाई अभियानकै रुपमा सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । मन्त्रालयले बनाएको कार्ययोजनामा विद्यालय जाने उमेरका बालबालिकाको भर्ना दरलाई स्थानीय निकायहरुसँगको समन्वय र सहकार्यमा शतप्रतिशत पु¥याउने योजना अनुसार सञ्चालन गरेको भर्ना अभियान निकै प्रभावकारी बनेको र सामुदायिक विद्यालयमा विद्यार्थी संख्यामा उल्लेखनीय वृद्धि भएको मन्त्रालयका कर्मचारी गोपीप्रसाद घिमिरे बताए । संस्थागत विद्यालय छाडेर सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आगमन वृद्धि हुन सुखद भएको मानिएको छ, भने विद्यालय छाड्ने दरलाई न्यून गर्न तथा माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क गरी गुणस्तरीय शिक्षामा जोड दिने लक्ष्यका साथ नयाँ–नयाँ विद्युतीय प्रविधि शिक्षणका लागि अभ्यास गर्न अभिप्रेरित गरिने मन्त्रालयको योजना छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरस्वती मावि काजुपाडा रतुवामाई नगरपालिका मोरङका कक्षा नर्सरीमा भर्ना भएका एलिशा खातुन, सुदर्शन मुर्मू र विनोद मुर्मूको अध्यायन सम्बन्धमा अभिभावकत्व ग्रहण गर्नुलाई प्रदेश सरकारको शिक्षा प्रतिको प्रतिबद्धता पूरा हुने विश्वास लिइएको छ । यसैगरी, सामाजिक विकासमन्त्री जीवन घिमिरेले जनता मावि थलाहा कटहरीमा पाठ्यपुस्तक र विद्यालय ब्याग वितरण गर्नुका साथै सो विद्यालयमा प्रारम्भिक बालविकास शिक्षामा भर्ना भएका अनिश सरदार र सुष्माकुमारी सरदारको अभिभावकत्व जिम्मा लिने घोषणा गर्नु मन्त्रालयको महत्वपूर्ण कार्य भएको छ । संस्थागत विद्यालयले १० प्रतिशत विद्यार्थीलाई छात्रवृति प्रदान गर्नुका साथै मन्त्रालयबाट निर्देशिका तयार गरी सबै स्थानीय तह प्याब्सन एन प्याब्सन र १४ वटै शिक्षा विकास तथा समन्वय इकाई पठाइ प्रत्येक संस्थागत विद्यालयले स्थानीय तहको सिफारिसमा एकजना सीमान्तकृत तथा दलित समुदायको विद्यार्थीलाई निःशुल्क अध्यापन गराउनका लागि निर्देशन पनि दिएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy