काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुमवासीलाई सरकारले प्रक्रिया पूरा गरी छिट्टै लालपुर्जा वितरण गर्ने आश्वासन दिएको छ।
आइतबार मन्त्रीहरूको टोली खरिपाटी पुगेर सुकुमवासीसँग भेटघाट गर्दै उनीहरूको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको जनाएको हो।
मन्त्री प्रतिभा रावलले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम दीर्घकालीन रूपमा लालपुर्जा उपलब्ध गराउने उद्देश्यसँग जोडिएको बताइन्। उनले सुकुमवासीका नाममा वर्षौंदेखि हुँदै आएको राजनीतिक प्रवृत्तिको अन्त्य गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाएको दाबी गरिन्।
रावलका अनुसार असारको तेस्रो सातादेखि लालपुर्जा वितरण सुरु गर्ने विषय उनले संसद्मा उठाएकी थिइन्। सोहीअनुसार बर्दियाबाट लालपुर्जा वितरण सुरु भइसकेको र क्रमश: देशका अन्य जिल्लामा पनि विस्तार गरिने उनले जानकारी दिइन्।
उनले आगामी केही साताभित्र विभिन्न जिल्लामा लालपुर्जा वितरण सुरु हुने बताउँदै होल्डिङ सेन्टरमा रहेका सुकुमवासीको हकमा भने आवश्यक कागजात प्रमाणीकरण र जग्गा पहिचानको प्रक्रिया पूरा भएपछि मात्रै लालपुर्जा वितरण गरिने स्पष्ट पारिन्।
‘सुकुमवासीको मात्रै होइन, सम्बन्धित जग्गाको पनि पहिचान गर्नुपर्छ। भविष्यमा विवाद नआओस् भनेर सबै प्रक्रिया पूरा गर्न केही समय लाग्न सक्छ। तर ढिलो–चाँडो समस्या समाधान हुन्छ,’ रावलले भनिन्।
उनले विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउँदै समयसीमा तोक्न कठिन भए पनि सबैले यथाशीघ्र लालपुर्जा प्राप्त गर्ने विश्वास व्यक्त गरिन्।
यसैबीच, गृहमन्त्री सुधन गुरुङले सुकुमवासीका बालबालिकाको शिक्षा, आवास तथा अन्य आधारभूत आवश्यकताप्रति सरकार संवेदनशील रहेको र त्यसको जिम्मेवारी सरकारले लिने बताए।
स्वास्थ्यमन्त्री निशा मेहताले पनि होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई कुनै स्वास्थ्य समस्या वा आकस्मिक अवस्था आए स्वास्थ्य मन्त्रालयले आवश्यक सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २८ गते, २०८३ - १७:२३
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेको छन् । मन्त्री गुरूङसँगै सर...
आषाढ़ २८ गते, २०८३ - १७:१९
बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेमा बोलेरो जीप दुर्घटना भएपछि गरिएको परीक्षणमा चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसपछि प्रहरीले चालकलाई निय...
आषाढ़ २८ गते, २०८३ - १७:०६
जमुनाह। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ । सशस...
आषाढ़ २८ गते, २०८३ - १६:५२
काठमाडौं। बझाङको सुंगुरे क्षेत्रमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। शनिबार भएको दुर्...
आषाढ़ २८ गते, २०८३ - १६:४०
काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकले खतरा...
आषाढ़ २८ गते, २०८३ - १६:३३
काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने काठमाडौं महानगरपालिकाकी नगर प्रहरी कर्मचारीमाथि हालसम्म कुनै ज...
आषाढ़ २८ गते, २०८३ - १६:२७
काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुमवासीलाई सरकारले प्रक...
आषाढ़ २८ गते, २०८३ - १५:३६
काठमाडौं। अविरल वर्षापछि डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्त...
आषाढ़ २८ गते, २०८३ - १५:२३
काठमाडौँ । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा...
आषाढ़ २८ गते, २०८३ - १५:०२
काठमाडौं। निजी शिक्षालय सञ्चालकका विभिन्न सङ्गठनहरूले सरकारले लागु गरेको तीन प्रतिशत समता शिक्षा सेवा शुल्कबारे पुनर्विचार गर्न आग्रह गरेका छन् । न...



प्रतिकृया लेख्नुहोस्: