Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

फिफा विश्वकपको रौनक चुलिँदै : सेमिफाइनलमा पूर्व विजेताबिच भिडन्त

खबरडबली संवाददाता

काठमाडौँ । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ ।

सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा पुग्नेमा साविक विजेता अर्जेन्टिनासँगै साविक उपविजेता फ्रान्स, इङ्ल्यान्ड र स्पेन रहेको छ ।

रोचक विषय यी चारवटै टोली फिफा वरीयताको पनि शीर्ष चारमा छन् । वरीयतामा अर्जेन्टिना पहिलो, स्पेन दोस्रो, फ्रान्स तेस्रो र इङ्ल्यान्ड चौथो स्थानमा छ ।

आइतबार बिहान भएको क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ गोलले हराएर अन्तिमा चारमा पुगेको हो । अर्जेन्टिनाले सेमिफाइनलमा इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै आइतबार नै भएको अर्को खेलमा इङ्ल्यान्डले नर्वेलाई २–१ गोलले स्तब्ध बनाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सेमिफाइनलमा  फ्रान्स र स्पेनबिच प्रतिस्पर्धा हुनेछ ।  

क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० गोलले हराएको थियो । यस्तै स्पेनले बेल्जियमलाई २–१ गोलले हराएको थियो । फ्रान्स र स्पेनबिच बुधबार राति तथा इङ्ल्यान्ड र अर्जेन्टिनाबिच बिहीबार राति प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल विजेताले साउन ४ गते न्युयोर्क न्यु जर्सीमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

सेमिफाइनलमा पुगेकामध्ये अर्जेन्टिना सर्वाधिक सफल टोली हो । अर्जेन्टिनाले सन् १९७८, १९८६ र २०२२ गरी तीन पटक विश्वकप जितेको थियो । यस्तै फ्रान्सले सन् १९९८ र २०१८ को विश्वकप उपाधि चुमेको छ । इङ्गल्यान्ड सन् १९६६ र स्पेन २०१० मा विश्वकप च्याम्पियन बनेका देश हुन् । 

उपाधि चुम्ने आठ देश मात्र 

फिफा विश्वकप फुटबल २२औँ संस्करणमा आइपुग्दा सहभागिताको हिसावले सर्वाधिक ४८ देश पुगेको छ । तर विश्वकपको उपाधि आठ देशले मात्र चुमेका छन् । दोस्रो विश्वयुद्धका कारण सन् १९४२ र १९४६ मा विश्वकप फुटबल भएन । विश्वकप उपाधि जित्नेमा ब्राजिल सबैभन्दा सफल टोली हो ।

ब्राजिलले पाँच पटक उपाधि चुमेको छ । ब्राजिलले सन् १९५८, सन् १९६२, १९७०, १९९४ र २००२ को उपाधि जितेको थियो । ब्राजिल २२औँ संस्करणसम्म सबै विश्वकप खेल्ने एक्लो टोली पनि हो ।

ब्राजिलको यात्रा यसपटक प्रिक्वार्टरफाइनलमै सकियो । प्रिक्वार्टरफाइनलमा ब्राजिल नर्वेसँग २–१ गोलले पराजित भएको थियो । ब्राजिलपछि जर्मनीले चार पटक विश्वकप चुमेको छ । सन् १९५४, १९७४, १९९० र २०१४ को विजेता जर्मनीको यात्रा यसपटक राउन्ड अफ ३२ मै सकियो । 

जर्मनी राउन्ड अफ ३२ मा पाराग्वेलेसँग पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित भएको थियो । यस्तै चार पटक विश्वकप जितेको इटाली यसपटक विश्वकपमा छनोट नै भएन । सन् १९३० र १९५० को विश्वकप विजेता उरुग्वे भने यसपटक समूह चरणबाटै घर फर्कियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा बैठकमा चार विधेयक प्रस्तुत हुँदै, दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...

विशेष महाधिवेशनले कांग्रेस कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...

दोलालघाटबाट बेपत्ता ६७ वर्षीया तिलकुमारीको शव सुनकोशीमा भेटियो

काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्याल...

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र ...

आगामी निर्वाचनको तयारी थाल्न महामन्त्री आचार्यको आग्रह

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...

तुलसीपुरमा एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...

नेतृत्व फेरे प्रधानमन्त्री नै बन्छु भन्नेले पनि हार्ने परिस्थिति आयो: नेता महत

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...

हामी कानुनी रूपमा बलिया छौँ, सर्वोच्चको आदेशबाट नडराउन सभापति थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...

ठेक्का लागेर पनि रोकियो तटबन्ध : सुस्तावासीको श्रमदानमै छ गाउँको भरोसा

पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending