Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

लुकेर मदिरा बिक्री वा सेवन गर्दै हुनुहुन्छ ? ख्याल गर्नुस् सरकारले ल्यायो यस्तो नियम

\"\"पर्वत। फलेवास नगरपालिका–३ शंकरपोखरीमा मदिरा बिक्री वा सेवन गरेको पाइए पहिलो चरणमा रु ५०० जरिवाना गरिने भएको छ । वडाअन्तर्गत धनार टोल सुधार समितिबाट यो अभियानको थालनी गरिएको हो । अवैध रुपमा मदिरा उत्पादन तथा बिक्री वितरण र सेवनबाट समाजमा नकारात्मक प्रभाव पर्दैै जान थालेपछि यस्तो अभियान थालिएको हो । एक महिनाअघि मदिरा सेवनकै कारण स्थानीय युवा सूर्यबहादुर सुनारको ज्यान गएको र एक महिला गम्भीर घाइते भएपछि वडाध्यक्ष अर्जुनबहादुर कार्कीको पहलमा मदिरा निषेधित वडा घोषणा गर्न लागिएको हो । घरेलु मदिरा उत्पादन र अन्य गुणस्तरीय मदिरासमेत वडामा सञ्चालित पसलहरुमा बिक्री वा सेवनमा रोक लगाउनाका लागि स्थानीय महिला समूह, युवा क्लब तथा विभिन्न संघसंस्थासमेत एकजुट हुन थालेका छन् । मदिरा उत्पादन तथा बिक्रीबाट समाजमा एक–दुई वटा परिवारको आर्थिक अवस्थामा सुधार आएपनि सिङ्गो समाजलाई नै नकारात्मक असर गरेकाले मदिरा नियन्त्रण गर्न थालिएको वडाध्यक्ष अर्जुनबहादुुर कार्कीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा बिहान ५ देखि बेलुका ५ बजेसम्म मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाउने निर्णय भएको छ । उक्त समयमा कुनै व्यवसायीले मदिरा बिक्री गरेमा वा कुनै व्यक्तिले मदिरा सेवन गरेर सार्वजनिक स्थलमा होहल्ला गरेमा रु ५०० जरिवाना गरिने र उक्त निर्णयलाई अटेर गर्दै दोस्रो–तेस्रो यस्ता कार्य गरे थप कारबाहीका लागि पहल गरिने अध्यक्ष कार्कीले जानकारी दिए । सिङ्गो वडाका सबै बस्तीमा एकै पटक मदिरा नियन्त्रणका लागि विभिन्न टोलमा रहेका महिला समूह, आमा समूह, भजन समूह, नागरिक समाज र युवा क्लबलाई निगरानीका लागि जिम्मेवारी तोकिएको छ । उक्त कार्यका लागि स्थानीय प्रहरीसँग पनि सहकार्य गरिएको स्थानीयवासी रामचन्द्र भुसालले जानकारी दिए । छिमेकी नगरपालिकाले घरेलु मदिरालाई दर्ता गरेर व्यवस्थित रुपमा सञ्चालन गर्न व्यवसायीहरुलाई आह्वान गरिरहेका बेला फलेवास–३ शंकरपोखरीमा भने नियन्त्रण अभियान थालिएको हो । यसले स्वच्छ र सभ्य समाज निर्माणमा ठूलो भूमिका निर्वाह गर्ने फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy