Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

ब्लु बस’ सेवा तत्काल सुरु नहुने, साझाका हरिया बसको रङ पनि परिवर्तन नहुने

खबरडबली संवाददाता

काठमाडौं। महिलाको सुरक्षित यात्राका लागि सरकारले साझा यातायातमार्फत सञ्चालन गर्ने घोषणा गरेको ‘ब्लु बस’ सेवा तत्काल सुरु नहुने भएको छ। आवश्यक बजेट, कार्यविधि र सरकारसँगको औपचारिक सम्झौता पूरा नभएकाले सेवा सञ्चालनमा ढिलाइ हुने देखिएको हो।

सरकारले आर्थिक वर्ष २०८३/८४ को पहिलो दिन अर्थात् साउन १ गतेदेखि सेवा सञ्चालन गर्ने योजना सार्वजनिक गरेको थियो। तर तयारी पूरा नभएकाले तोकिएको मितिमा सेवा सुरु हुने सम्भावना नरहेको साझा यातायातले जनाएको छ।

यसअघि साझाका हरिया बसलाई निलो रङ लगाएर ‘ब्लु बस’ सञ्चालन गरिने चर्चा भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। त्यसपछि साझा यातायातले बसको मौलिक हरियो रङ परिवर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले सामाजिक सञ्जालमा भाइरल भएका निलो बसका अधिकांश तस्बिर कृत्रिम बुद्धिमत्ता ९एआई० प्रयोग गरेर तयार पारिएका भएको बताए।

उनका अनुसार ‘ब्लु बस’ सेवाका लागि साझाको ब्रान्ड र पहिचान परिवर्तन गरिने छैन। महिलामैत्री सेवाको पहिचान गराउन बसमा स्टिकर, ‘ब्लु बस’ लेखिएको संकेत वा अन्य दृश्यात्मक माध्यम प्रयोग गर्ने विषयमा छलफल भइरहेको छ।

‘साझाको ६४ वर्ष पुरानो मौलिक ब्रान्ड र पहिचान छ। त्यसलाई परिवर्तन गरेर बसको रङ फेर्ने योजना छैन,’ अर्यालले भने, ‘सेवाको पहिचानका लागि स्टिकर वा अन्य संकेतात्मक माध्यम प्रयोग गर्न सकिन्छ, तर हरियो बसलाई निलो बनाइँदैन।’

उनले ‘ब्लु बस’ नामले सेवा अवधारणालाई मात्र जनाउने भएकाले बसको रङ परिवर्तन आवश्यक नरहेको पनि बताए।

अर्यालका अनुसार सरकारले साउन १ गतेदेखि काठमाडौंमा महिलाका लागि नि:शुल्क ‘ब्लु बस’ सञ्चालन गर्ने योजना अघि सारे पनि बजेट सुनिश्चितता, कार्यविधि निर्माण र सरकारसँगको औपचारिक सम्झौता अझै हुन बाँकी छ।

‘अहिलेसम्म सरकारसँग आधिकारिक सम्झौता भएको छैन। सञ्चालन खर्चको सुनिश्चितता र आवश्यक कार्यविधि नबनी सेवा सुरु गर्न सकिँदैन,’ उनले भने, ‘दुई महिना सेवा सञ्चालन गरेर बजेट अभावमा बन्द गर्नुपर्ने अवस्था आएमा संस्थाको ६४ वर्षको साखमा असर पर्छ। त्यसैले दीर्घकालीन सुनिश्चिततापछि मात्रै सेवा सञ्चालन गर्छौं।’

सरकारले प्रारम्भिक चरणमा साझा यातायातका २६ सिट क्षमताका आठ वटा विद्युतीय बसमार्फत महिलाका लागि नि:शुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने योजना बनाएको भए पनि सेवा सुरु हुने मिति र सञ्चालन हुने बसको अन्तिम सङ्ख्या अझै तय भइसकेको छैन।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३१ परिवारका ८९ सुकुमवासी खरिपाटी सारिए

काठमाडौं। अविरल वर्षापछि डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्त...

फिफा विश्वकपको रौनक चुलिँदै : सेमिफाइनलमा पूर्व विजेताबिच भिडन्त

काठमाडौँ । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा...

समता शिक्षा सेवा शुल्कमा पुनर्विचार गर्न निजी शिक्षालय सञ्चालकको आग्रह

काठमाडौं। निजी शिक्षालय सञ्चालकका विभिन्न सङ्गठनहरूले सरकारले लागु गरेको तीन प्रतिशत समता शिक्षा सेवा शुल्कबारे पुनर्विचार गर्न आग्रह गरेका छन् । न...

ब्लु बस’ सेवा तत्काल सुरु नहुने, साझाका हरिया बसको रङ पनि परिवर्तन नहुने

काठमाडौं। महिलाको सुरक्षित यात्राका लागि सरकारले साझा यातायातमार्फत सञ्चालन गर्ने घोषणा गरेको ‘ब्लु बस’ सेवा तत्काल सुरु नहुने भएको छ। आवश्यक बजेट, का...

राजधानीको प्यास मेटाउने सुन्दरीजलमै खानेपानीको चरम अभाव

काठमाडौं। काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय बासिन्दा वर्षौंदेखि नियमित खानेपानी नपाएर कष्टकर जीवन बिताउन बाध्य छन...

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा कार्यक्रम गर्न खोज्दा दुर्गा प्रसाईंलाई प्रहरीले रोक्यो

काठमाडौं। मेडिकल व्यवसायी तथा नयाँ राजावादी दल गठनको तयारीमा रहेका दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल क्षेत्रमा का...

राहदानी छपाइ प्रकरणबारे छलफल गर्न सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौं। राहदानी छपाइ प्रक्रियामा देखिएको भनिएको अनियमितताबारे छलफल गर्न प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक मंगलबार बिहान ९ बजे बस्ने...

साउनदेखि ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सञ्चालन गरिने

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३ र८४ मा साउन , भदौ र असोज महिनाभर देशव्यापी रूपमा ‘डेङ्गु  सचेतना तीन महिने अ...

सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं। सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। मोर्चाक...

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्डः दुईको मृत्यु, चार घाइते

टोरन्टो। क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा चार जना घाइते भएका छन् । स्थानीय प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending