Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

अमेरिकाद्वारा अन्तरिक्ष फौज गठन गर्ने प्रस्ताव प्रस्तुत

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले नयाँ स्पेस फोर्स अर्थात अन्तरिक्ष फौजबारेका विवरणहरू सार्वजनिक गर्दै अब उनकै शब्दमा \'नयाँ युद्धभूमि\'को तयारीमा जुट्ने बेला आएको बताएका छन्। उनले सन् २०२० सम्ममा सेनाको छैठौँ साखाको निर्माण गर्न र पाँच वर्षको लागि आठ अर्ब डलर लगानी गर्ने प्रस्ताव पारित गर्न अमेरिकी कंग्रेसलाई आग्रह गरेका छन्। अन्तरिक्षमा उत्पन्न हुन थालेका खतराहरूको चर्चा गर्ने क्रममा उनले चीन र रुसले अन्तरिक्षको कक्ष नजिकै आफ्ना भूउपग्रह ल्याउन थालेको बताए। उत्तर कोरिया र इरानबाट समेत खतरा उत्पन्न हुनसक्ने उनको भनाइ छ। त्यस्ता क्रियाकलापका कारण अमेरिकी अन्तरिक्ष प्रणालीहरूमाथि अन्तरिक्षमा अभूतपूर्व खतराहरू सृजना भइरहेको उनले बताए। सेनाको छैठौँ शाखा गठनका लागि योजनाहरू बनाउँदै उपराष्ट्रपति पेन्सले संसदलाई अन्तरिक्ष सुरक्षा प्रणालीका लागि अर्को पाँच वर्षमा ८ अर्ब डलर लगानी गर्ने प्रस्ताव पारित गर्न आह्वान गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्तरिक्ष फौज गठन गर्ने आफ्नो आशय रहेको बेलाबेला बताउँदै आएका छन् र अहिले उपराष्ट्रपति माइक पेन्सले पेन्टागनमै गएर त्यसबारे प्रशासनको दृष्टिकोणबारे बोलेका हुन्। उनले आफ्नो योजना नयाँ पुस्ताको नयाँ प्रविधिमा आधारित निष्क्रिय पार्न नसकिने ठाउँको पहिचान गर्ने (जिपिएस) र सञ्चार भूउपग्रहको निर्माण गर्ने रहेको बताएका हुन्। त्यसका साथै उनले सानो क्षेप्यास्त्रको सूचना दिने कौशलको विकास गर्ने आफ्नो योजनामा रहेको बताएका छन्। पेन्सले अमेरिकाका प्रतिद्वन्द्वीहरूले पहिला नै अन्तरिक्षलाई लडाईँ गर्ने युद्ध क्षेत्रमा परिणत गरिसकेको बताउँदै अमेरिका यो चुनौतीबाट पछि नहट्ने बताएका हुन्। अमेरिकाको नयाँ स्पेस फोर्स योजनाबारे कांग्रेसमा बहस हुन बाँकी छ। अहिलेको योजना अनुसार नै भए सेना, नौसेना, हवाइफौज, विशेष फौज, तटरक्षकसहित अन्तरिक्ष फौज छैठौं सैन्य सेवा हुनेछ। तर स्पेस फोर्स योजनाका आलोचकहरू भन्छन् त्यो कार्य अहिले नै अमेरिकी एअर फोर्सले कुशलतापूर्वक गरिरहेको छ र नयाँ आयोजनाले प्रशासनको खर्च झनै बढाइदिनेछ। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy