काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ वर्षमुनिका ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै नेपाली कांग्रेसले प्रतिनिधिसभामा आपत्ति जनाएको छ।
आइतबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै कांग्रेस सांसद रेनुका काउचाले रास्वपाको पहिलो महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा १८ वर्षमुनिका ३५ हजार २ सय ५७ जना पार्टी सदस्य रहेको तथ्यांक सार्वजनिक गरिएको उल्लेख गर्दै त्यसप्रति गम्भीर प्रश्न उठाइन्।
उनले नेपालको संविधान र प्रचलित कानुनअनुसार १८ वर्षमुनिका बालबालिकालाई कुनै पनि राजनीतिक दलको सदस्य बनाउन नमिल्ने व्यवस्था रहेको स्मरण गराइन्।
काउचाले कानुन उल्लंघन गरेमा ८० हजार रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद सजायको व्यवस्था रहेको उल्लेख गर्दै सत्तारुढ दल भएकै आधारमा रास्वपालाई संविधान र कानुनले नछुने हो भन्ने प्रश्न गरिन्।
‘रास्वपाको पहिलो महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारीलाई बधाई दिन्छु। तर, महाधिवेशनमै सार्वजनिक गरिएको एउटा तथ्यांकले गम्भीर आश्चर्यमा पारेको छ,’ उनले भनिन्, ‘रास्वपाले ३५ हजार २ सय ५७ जना १८ वर्षमुनिका बालबालिकालाई सदस्य बनाएको जनाएको छ। नेपालको संविधान र कानुनअनुसार १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउन पाइँदैन। त्यसो गरेमा ८० हजार रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैद सजायको व्यवस्था छ।’
उनले थप प्रश्न गरिन्, ‘के सत्तारुढ दल भएकै कारण रास्वपालाई संविधान र कानुनले छुँदैन ? रास्वपा संविधानभन्दा माथि हो ? बालबालिकालाई सदस्य बनाएर उनीहरूले हालेको मतबाट निर्वाचित पदाधिकारी र सदस्यहरू वैधानिक हुन्छन् कि हुँदैनन् ?’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १४:१८
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रस्तुत गरेको ...
आषाढ़ १४ गते, २०८३ - १४:१८
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रस्तुत गरेको ...
आषाढ़ १४ गते, २०८३ - १४:०९
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षामा प्रस्ताव गरिएको समता करले गरिब तथा भुइँमान्छे वर्गलाई कुनै असर नपर्ने बताएको छन् । आइतबार प्रत...
आषाढ़ १४ गते, २०८३ - १३:५४
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षदेखि पूँजीगत खर्चको कमजोर अवस्थालाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चालु आर...
आषाढ़ १४ गते, २०८३ - १३:२५
काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन, २०८३ पेश गरिएको छ । आइतबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले बैठकको का...
आषाढ़ १४ गते, २०८३ - १३:१३
काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले १२ कक्षाको परीक्षाफलमा देखिएको त्रुटिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिन गर्न सरकारसँग मा...
आषाढ़ १४ गते, २०८३ - १३:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ वर्षमुनिका ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै नेपाली कांग्रेसले प्रतिनिधिसभा...
आषाढ़ १४ गते, २०८३ - १२:५६
काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम नियमित रूपमा सञ्चालन नभएको भन्दै संसद्मै प्रश्न उठेको छ। नेपाल कम्य...
आषाढ़ १४ गते, २०८३ - १२:२३
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारी निकायको लापरबाही र कमजोर सेवा प्रवाहलाई नियन्त्रण गर्न रा...
आषाढ़ १४ गते, २०८३ - ११:४६
काठमाडौँ। उपाधि दावेदार इङ्ल्यान्ड र क्रोएसिया फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘एल’ अन्तर्गत न्यू जर्सी स्टेडियममा आइतबार बिहान...



प्रतिकृया लेख्नुहोस्: