Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

अमेरिका-चीन-रुसको अस्त्र बनाउने होडबाजी

शीतयुद्धताका चर्चा हुने गरेको अस्त्रको विकास बिस्तारै वास्तविकतामा परिणत हुन थालेको देखिन्छ। चीनले गत हप्ता स्टारी स्काइ-२ नामक \'हाइपरसोनिक\' विमानको परीक्षण गरेको घोषणा गर्‍यो। ध्वनिको भन्दा ६ गुणा बढी गति भएको उक्त विमान दुई घण्टामा चीनबाट इक्वेडर पुग्नसक्छ। रुसले गत महिना मिग-३१ एस विमानले क्यास्पियन सागरको निगरानी गरिरहेको र एप्रिलदेखि किन्जल नामक \'हाइपरसोनिक\' क्षेप्यास्त्र तैनाथ गरिएको बताएको थियो। रुसी रक्षा मन्त्रालयले अन्तरमहादेशीय दूरी तय गर्नसक्ने एभेनगार्ड\' नामक क्षेप्यास्त्र प्रणाली छिट्टै तयार गर्ने बताएको छ। त्यसको \'हाइपरसोनिक\' गति प्रतिघण्टा २४,१४० किलोमिटर हुनेछ। सन् २०१५ मा अमेरिकी वायुसेनाले सन् २०२३ सम्ममा \'हाइपरसोनिक\' अस्त्रको विकास गरिसक्ने घोषणा गरेको थियो। तर रुस र चीनले त्यस्तो अस्त्रको विकास गरिसकेको समाचारपछि अमेरिका चिन्तित बनेको बताइन्छ। हालै अमेरिकी क्षेप्यास्त्र एजेन्सीले सन् २०१९ को बजेटमा \'हाइपरसोनिक\' क्षेप्यास्त्र प्रणाली विकसित गर्नका लागि १२ करोड डलर माग गरेको थियो। सन् २०१६ मा सोही प्रयोजनका लागि उसले साढे ७ करोड डलर माग गरेको थियो। हाइपरसोनिक अस्त्रका एकजना विज्ञ जर्ज नकुजीले अमेरिकासँग क्षेप्यास्त्र प्रतिरोधी प्रविधि भए पनि नयाँ प्रणालीको सामना गर्नसक्ने उपकरण उससँग नभएको बीबीसीलाई बताए। वाशिङटनस्थित \'थिङ्क ट्याङ्क\' सीएएफआईपीको परमाणु नीति कार्यक्रमका सह-निर्देशक जेम्स एक्टनका अनुसार \'हाइपरसोनिक\' अस्त्रको गति ध्वनिको भन्दा पनि तीव्र हुन्छ। विशेषज्ञहरू भन्छन्, \'सैद्धान्तिक रुपमा यी पाँच, १० र २० गुणाभन्दा बढी तीव्र रूपमा जानसक्छन् वा ध्वनिको गतिभन्दा तीव्र हुन्छ।\' एक्टनका अनुसार शीतयुद्धपछि नै त्यस्तो अस्त्रको विकास गर्ने आकाङ्क्षा रहिआए पनि त्यसलाई विकसित गर्न कैयौँ चुनौतीको सामना गर्नुपरेको छ। उनी भन्छन्, \'हाइपरसोनिक अस्त्रका लागि सबैभन्दा ठूलो चुनौती तापक्रम हो किनकि तापक्रम बढेपछि त्यो पग्लिने सम्भावना हुन्छ।\' त्यसैगरी लामो दूरी तय गर्नसक्ने र विस्फोट पनि नहुने इन्जिन बनाउने चुनौती रहेको उनको भनाइ छ। त्यसका साथै रणनीतिक चुनौती पनि रहेको नकुजी बताउँछन्। उनका अनुसार गति परिवर्तन भइरहने ुहाइपरसोनिकु अस्त्रको उडान अनिश्चित हुन्छ। र, त्यसको रक्षाका लागि अमेरिकासहित कुनै पनि मुलुकसँग प्रतिरक्षा प्रणाली छैन। यद्यपि खुशीको खबर के छ भने यी तीनवटै शक्तिशाली देश त्यसको विकास गर्नसक्छन्। तर नराम्रो खबर के छ भने सोही बहानामा \'नयाँ अस्त्र बनाउने होडबाजी शुरू भएको छ। त्यो होडबाजीमा तीनवटा देश सामेल भएको कुरामा एक्टन सहमत छन्। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy