Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

किन मोन्सान्टोलाई २९ करोड डलर हर्जाना तिर्न आदेश जारी भयो ?

  विश्वभरि नै विवादास्पद रहेको बीउबिजनसम्बन्धी बहुराष्ट्रिय कम्पनी मोन्सान्टोलाई २८ करोड ९० लाख डलर हर्जाना तिर्न आदेश जारी भएको छ। एकजना व्यक्तिले ग्लाइफोसेट नामक झारनाशक विषादीले आफूलाई क्यान्सर भएको दाबी गर्दै दायर गरेको मुद्दामा मोन्सान्टोलाई दण्डात्मक हर्जना तिर्न आदेश दिइएको हो। एउटा ऐतिहासिक मुद्दामा क्यालिफोर्नियाको जुरीले मोन्सान्टो कम्पनीका राउन्ड अप र रेन्जरप्रो लगायतका झारनाशक विषादीहरू खतरनाक रहेको र त्यसबारे उपभोक्तालाई सचेत गराउन उक्त कम्पनी विफल भएको जनाएको हो। ग्लाइफोसेट नामक विषादीले क्यान्सर हुनसक्छ भन्ने खालको अदालतमा पुगेको यो पहिलो मुद्दा हो। मोन्सान्टोले भने ग्लाइफोसेटले क्यान्सर हुनसक्छ भन्ने कुरा अस्वीकार गरेको छ र अहिलेको आदेशविरुद्ध पुनरावेदन गर्ने जनाएको छ। \'जरीले यसलाई गलत रूपमा लिएको छ,\' सान फ्रान्सिस्कोस्थित अदालतबाहिर उक्त कम्पनीका उपाध्यक्ष स्कट प्याट्रिजले भने। यो मुद्दाका उजुरीकर्ता डिवेन जनसन मुद्दा हाल्ने अमेरिकाभरिका करिब ५ हजारमध्येका एक हुन्। क्यालिफोर्नियाले गरेको यो आदेशले मोन्सान्टोविरुद्धका अरू सयौँ उजुरीको प्रतिनिधित्व गर्ने सञ्चारकर्मीले बताएका छन्। सन् २०१४ मा जनसनलाई एक प्रकारको क्यान्सर लागेको देखिएको थियो। उनका वकिलहरूले उनले क्यालिफोर्नियाको बेनिसियास्थित विद्यालयमा काम गर्दा निरन्तर रूपमा रेन्जरप्रो नामक झारनाशक विषादी प्रयोग गर्ने गरेको बताएका छन्। शुक्रवार न्यायाधीशहरूले मोन्सान्टो कम्पनीको झारनाशक विषादीले जनसनलाई अहिले जस्तो रोगी बनाउन उल्लेख्य भूमिका खेलेको बताएको हो। ग्लाइफोसेटको प्रयोग लामो समयदेखि विवादमा पर्दै आएको छ। संयुक्त राष्ट्रसंघको एउटा अध्ययनले पनि यो विषादीले क्यान्सर लगाउनसक्ने जनाएको छ। तर अन्य केही वैज्ञानिकहरूले चाहिँ यो प्रयोग गर्न सुरक्षित नै हुने बताएका छन्। आठ साता लामो सुनुवाइपछि न्यायाधीशहरूले कृषिसम्बन्धी बहुराष्ट्रिय कम्पनीलाई सबै गरेर करिब २९ करोड डलर दण्डात्मक हर्जाना तिराउने आदेश दिएका हुन्। एउटा विज्ञप्तिमा मोन्सान्टोले जनसन र उनको परिवारप्रति आफ्नो सहानुभूति रहे पनि आफ्नो उत्पादनको बचाउमा जोडदार रूपमा लाग्ने जनाएको छ। बीबीसी  
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending