काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैलीलाई अलोकतान्त्रिक र असंसदीय भन्दै कडा आपत्ति जनाएका छन्।
बुधबार विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले संसदलाई निष्क्रिय बनाउँदै अध्यादेशबाटै राज्य सञ्चालन गर्ने प्रयास गरिरहेको आरोप लगाए।
दंगालले सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटसमेत अध्यादेशबाट ल्याउने हो भने संसद्को औचित्य नै समाप्त हुने बताए। उनले भने, “अध्यादेशबाटै शासन गर्ने, राजकाज गर्ने सरकारको जुन अलोकतान्त्रिक र असंसदीय तरिका छ, यसप्रति हाम्रो घोर आपत्ति छ।”
उनका अनुसार नीति तथा कार्यक्रम र बजेट जस्ता महत्वपूर्ण विषय संसदमार्फत नै आउनुपर्छ, अन्यथा संसदीय प्रणाली कमजोर हुने जोखिम रहन्छ।
दंगालले यदि सरकार अध्यादेशकै बाटोबाट नीति तथा कार्यक्रम र बजेट ल्याउने दिशामा अघि बढे विपक्षी दलहरू सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए।
तर उनले अन्त्यमा सरकारले भने यी विषयहरू संसदबाटै ल्याउने अपेक्षा रहेको उल्लेख गर्दै त्यसैबाट निर्णय हुने विश्वास व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १६ गते, २०८३ - १६:३८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...
आषाढ़ १६ गते, २०८३ - १६:१२
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १५:४९
काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...
आषाढ़ १६ गते, २०८३ - १५:३९
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...
आषाढ़ १६ गते, २०८३ - १४:५३
काठमाडौं । नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले लालपुर्जा वितरण, नेपाली नागरिकता र सीमा सुरक्षालगायतका माग राख्दै मंगलबार काठमाडौंको माइतीघर मण्डलाम...
आषाढ़ १६ गते, २०८३ - १४:३१
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूले शैक्षिक प्रणालीमा सुधा...
आषाढ़ १६ गते, २०८३ - १४:१३
विराटनगर । कोशी प्रदेशसभाको आज दिउँसो १:०० बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको कोशी प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिए । कोशी प्रदेशस...
आषाढ़ १६ गते, २०८३ - १३:४८
काठमाडौँ । सरकारले परम्परागत हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरदैलोमै पुर्याउने प्रभावकारी माध्यमका रूपमा...
आषाढ़ १६ गते, २०८३ - १२:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूची संशोधन गरेको छ। यसअघि विजयी घोषणा गरिएका दुई उम्मेद...
आषाढ़ १६ गते, २०८३ - १२:०१
पश्चिम नवलपरासी। एसियन हाईवे (एशियन सडक सञ्जाल) को मापदण्डअनुसार विस्तार भइरहेको बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत दाउन्ने पश्चिम खण्डको निर्माणमा गम्भी...



प्रतिकृया लेख्नुहोस्: