Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

बर्षाका कारण पहाडी सडकखण्डमा जोखिमपूर्ण यात्रा

नवलपरासी। पूर्वी नवलपरासीको पहाडी सडकखण्ड दलदले– बुलिङटार र कालीगण्डकी कोरिडोर सडकखण्डमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षाको समयमा पहाडी क्षेत्रका अधिकांश सडक बिग्रिएपछि यात्रा गर्न जोखिम हुने हुँदा पहाडी क्षेत्रका अधिकांश यात्रु जोखिम मोलेर भए पनि यात्रा गर्न बाध्य भएका हुन् । दुई तीन पटक पहिरो हटाई सके पनि वर्षाकै कारण सडक बिग्रिँदा जोखिमपूर्ण यात्राको विकल्प नभएको बुलिङटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले बताए । सडक बिग्रिएकै कारण पहाडी क्षेत्रबाट आकस्मिक अवस्थाका बिरामीलाई राम्रो उपचारका लागि राजमार्गसम्म आउनुपर्ने अवस्थामा पनि निकै असहज हुने अवस्था छ । यसैगरी सडक बिग्रिएकै कारण पर्याप्त मात्रामा पहाडी क्षेत्रमा खाद्यान्न ढुवानीमा समेत समस्या देखा परेको छ । पहाडी क्षेत्रको दलदले–बुलिङटार सडकखण्डअन्तर्गत रतनपुर, कोटथर, डाडाँझेरी, बुलिङ्टार, अर्खला, जौबारी, भारतीपुर, मिथुकरम, नरम, रुचाङ, रकुवा, डेढगाउँ, धौबादी, मैनाघाट, हुप्सेकोटलगायतका पहाडी क्षेत्रमा अविरल वर्षापछि सडक बिग्रिएका छन् । यसैगरी कालीगण्डकी कोरिडोरअन्तर्गतको पहाडी क्षेत्रका विभिन्न स्थानमा सडक बिग्रिएका छन् । पहाडी क्षेत्रका अधिकांश सडक बिग्रिएकै कारण पहाडी क्षेत्रका यात्रा निकै जोखिमपूर्ण र कष्टकर बन्ने गरेको पाइन्छ । कालीण्डकी कोरिडोर मुख्य स्थान गैँडाकोट नगरपालिका र बुलिङटार गाउँपालिकाको सिमाना तरङ्गखोला सिमाना बिग्रिएको छ । यसबाहेक अन्य धैरे स्थानमा सडक बिग्रिएको छ । पूर्वी नवलपरासीको पहाडी क्षेत्र जाने सडकखण्ड दलदले–बुलिङ्टार र कालीगण्डकी कोरिडोर सडकखण्ड गरी दुई वटामात्र वैकल्पिक सडक मार्ग हुन् । जुन अधिकांश सडक पक्की नहुँदा वर्षाको समयमा सडक बिग्रिने हुँदा यात्रु जोखिम मोलेरै यात्रा गर्न बाध्य हुने गरेको अवस्था छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy