Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

हेलो मुख्यमन्त्री’मा आएका गुनासा रेकर्ड नै हुँदैनन् !

\"\"काठमाडाैं । प्रदेश २ सरकारले जनताको गुनासा सुन्न र सम्बोधन गर्न चलाएको ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम प्रभावहीन भएको छ । आजको नयाँ पत्रिका दैनिकमा याे खबर छ - कार्यक्रमका लागि राखिएको फोन प्रायः उठ्दैन । उठिहाले पनि गुनासा रेकर्ड गरिँदैन । ‘हेलो मुख्यमन्त्री’मा गुनासो टिपाउन टोल फ्री नम्बर १६६०४१५२८४३ राखिएको छ । प्रदेश सरकारका सयदिने कार्ययोजना सार्वजनिक गर्दै मुख्यमन्त्री लालबाबु राउत गद्दीले तत्कालै जनताको गुनासो सुन्ने घोषणा गरेका थिए । तर, कार्यक्रम सुरु भएको एक महिनाभन्दा बढी भए पनि गुनासा सम्बोधन भएका छैनन् । मुख्यमन्त्री राउतले ‘हेलो मुख्यमन्त्री’ कार्यक्रमका लागि छुट्टै डेस्कको व्यवस्था गर्नेसमेत घोषणा गरेका थिए । उनले आर्थिक अनियमितता र महिला हिंसाका घटनालाई गम्भीरतापूर्वक लिएर तत्कालै कारबाही प्रक्रिया अघि बढाउने पनि बताएका थिए । तर, अहिलेसम्म पनि छुट्टै डेस्क स्थापना हुन सकेको छैन । टोल फ्री नम्बर दर्ता–चलानी शाखामा राखिएको छ । तर, फोन उठाउने कर्मचारीको व्यवस्था छैन । सो शाखाका कर्मचारीले फुर्सदमा मात्र फोन उठाउँछन् । एक कर्मचारीले भने, ‘कार्यालय समय १० देखि ४ बजेसम्ममा दैनिक आधा दर्जनजति फोन आउँछन्, तर समस्या र गुनासो टिप्न सकिरहेका छैनाँै ।’ उनले प्रायः भ्रष्टाचार, महिला हिंसा, दुर्घटनाका विषयमा गुनासो आउने बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy