काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसाय सञ्चालनका लागि तोकिएको २५ लाख रुपैयाँ धरौटीको व्यवस्था सरकारले फिर्ता नलिने स्पष्ट पारेको छन्।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बिहीबार शिक्षा क्षेत्रका पत्रकारहरूसँगको अन्तरक्रियामा मन्त्री पोखरेलले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ मार्फत लागू गरिएको व्यवस्था सम्बन्धित व्यवसायीकै सुझावका आधारमा ल्याइएको बताए। त्यसैले यसलाई फिर्ता गर्ने सरकारको कुनै योजना नरहेको उनको भनाइ थियो।
तीन प्रतिशत समता शिक्षा शुल्कको निर्णयमा सरकार पछि हटेजस्तै यस विषयमा पनि पुनर्विचार हुन्छ कि भन्ने जिज्ञासामा मन्त्री पोखरेलले त्यस्तो सम्भावना नरहेको स्पष्ट गरे।
उहाँले विद्यालय शिक्षा ऐनलगायत महत्त्वपूर्ण कानुन निर्माणका क्रममा भने सम्बन्धित सरोकारवालासँग व्यापक परामर्श गरिने जानकारी दिए।
उच्च शिक्षाको सन्दर्भमा मन्त्री पोखरेलले विश्वविद्यालयलाई स्वायत्त, सक्षम र दलीय प्रभावबाट मुक्त बनाउने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै नवनियुक्त उपकुलपतिहरूलाई आफ्नो कार्ययोजनासहित जिम्मेवारी सम्हाल्न आग्रह गरिएको बताए।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री पोखरेलले शैक्षिक संस्था र सरकारी कार्यालयमा सातामा दुई दिन दिइने बिदाको प्रभावकारी उपयोग गर्न आग्रह गर्दै उक्त निर्णयसमेत यथावत् रहने बताए।
उनले चिकित्सक डा। गोविन्द केसीले उठाउँदै आएका शिक्षा र स्वास्थ्य क्षेत्रका सुधारका मुद्दाप्रति आफू सकारात्मक रहेको उल्लेख गर्दै उनीसँग अनौपचारिक संवाद भइरहेको जानकारी दिए।
उल्लेखित नियमावली मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार संशोधन गरी लागू गरिएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ८ गते, २०८३ - १७:४९
काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...
श्रावण ८ गते, २०८३ - १७:३७
काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...
श्रावण ८ गते, २०८३ - १७:०४
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्...
श्रावण ८ गते, २०८३ - १६:४७
विराटनगर। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले १०४ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। बिहीब...
श्रावण ८ गते, २०८३ - १६:२६
गुल्मी। गुल्मीमा गत आर्थिक वर्ष २०८२/०८३ मा एक अर्बभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । गत वर्ष यस जिल्लामा संघ, प्रदेश तहको स्थानीय तहको ११ अर्ब...
श्रावण ८ गते, २०८३ - १६:०९
काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसाय सञ्चालनका लागि तोकिएको २५ लाख रुपैयाँ धरौटीको व्यवस्था सरकारले फिर्ता नलिने...
श्रावण ८ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलन सत्ता र सरकार सञ्चालनको सीमित दायरामा केन्द्रित हुँद...
श्रावण ८ गते, २०८३ - १५:५८
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले साताको दुई दिन (शनिबार र आइतबार) दिइँदै आएको सार्वजनिक बिदाले निरन्तरता पाउने...
श्रावण ८ गते, २०८३ - १५:५२
दृश्य नम्बर १ उनी मेरा पुराना चिनारु हुन्, नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि सक्रिय। केही वर्षअघि उनले दसैंमा टीका लगाएको मेरो एउटा तस्बिरमा...
श्रावण ८ गते, २०८३ - १५:०७
काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न १ हजार ८७१ जनाको प्रहरीले प्रोफाइल तयार पारेको छ। जिल्ला प्रहरी परिस...



प्रतिकृया लेख्नुहोस्: