Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

बसाइँसराइले गाउँ रित्तिदै गएपछि खेतीयोग्य जमीन बाँझै

\"\"पाल्पा । माथागढी गाउँपालिका–१, चिदीपानीमा वर्षेनी गाउँ रित्तिदै जान थालेको छ । यस वडामा पाँच वर्षको अवधिमा १५१ परिवार बसाइँसराइ गरी अन्यत्र गएपछि गाउँ खाली हुने अवस्थामा पुगेको होे । गाउँमा सेवा र सुविधा नभएपछि मानिस शहरी क्षेत्रमा बसोबास गर्न थालेकाले ग्रामीण क्षेत्र खाली हुँदै गएका छन् । यस वडामा करीब एक हजार घरधुरी रहेकामा १५१ परिवारका ४३७ जना बाहिरिएका छन् । प्रत्येक वर्ष १८ देखि ५१ घरपरिवार बसाइँसराइ गरी बाहिर गएको वडा कार्यालयको अभिलेखले देखाउँछ । बसाइँसराइ गरी बाहिर जाँदा ६० लाखौँ खर्चेर बनाइएको घर संरक्षणको अभावमा खाली हुनाका साथै करीब एक हजार रोपनी खेतबारी बाँझोमा परिणत भएका छन् । लामो समयसम्म मानिस बसोबास गर्न छाडेसँगै पुराना घर जीर्ण बन्दै गएका छन् । विसं २०७० देखि २०७४ चैत्र मसान्तसम्म बसाइँ सर्नेको सङ्ख्या ४३७ पुगेको छ । विसं २०७० मा २२ , ०७१ मा ५१, ०७२ मा १८, ०७३ मा १९ र ०७४ मा ४१ गरी जम्मा १५१ परिवार गाउँबाट विस्थापित भएका हुन् । शिक्षित तथा आर्थिकरूपमा सम्पन्न परिवार माडीफाँट, तानसेन, पोखरा, बुटबल, काठमाडौँलगायतका स्थानमा बसोबास गर्दै गएपछि ग्रामीण बस्ती खाली हुन थालेको हो स्थानीय बासिन्दा नवराज पन्थीका अनुसार सेवा सुविधाको खोजीमा वर्षेनी मानिस बराइँसराइ गरी अन्यत्र जान बाध्य छन् । वडा तथा गाउँपालिकाले वडाबाट बाहिर बसोबास गर्न खोज्नेलाई यही राख्ने वातावारण सिर्जना गर्नुपर्छ । पहिला शिक्षित र सम्पन्न मानिस गाउँ छाडेको देखासिकीबाट अहिले विपन्न समुदायका मानिस पनि बराइँसराइ गरी बाहिर जान थालेको पन्थी बताउछन् । माथागढी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद घिमिरे शर्माले खेतीयोग्य जमीन बाँझो राख्ने र घर खाली राख्ने १५÷२० परिवारसँग छलफल गरी प्रयोगमा ल्याउन अनुरोध गरिएको जानकारी दिन्छन् । नौँ महिना बाहिर बसे पनि तीन महिनामा घरमा बस्न अनुरोध गरिएकाले केहीले बस्न थालेका छन् । बाँझो जमीन मालिकले अरूलाई खेती गर्न दिन सहमत भएको उहाँको भनाइ छ बसाइँसराइ गरी आउनेको सङ्ख्या झिनो मात्र छ । विसं २०७० देखि २०७४ चैत्र मसान्तसम्म ८० जना मात्र फर्केका छन् । विंस २०७० मा चार, ०७१ मा तीन, ०७२ मा दुई, ०७३ मा सात तथा ०७४ मा तीन गरी जम्मा १९ परिवार वडाभित्र आएर बसोबास गरेका छन् । वडा सहायक नवराज पन्थीका अनुसार जिल्लाको हुमीन, रहबाँस, बहादुरपुर र स्याङ्जाबाट १९ परिवार बसाइँसराइ गरी यस वडामा आएका हुन् । उनीहरूले यहाँ खेती तथा पशुपालन गर्न थाले पनि पूर्णरूपमा व्यावसायिक बन्न भने सकेकाछैनन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy