Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

स्याउ बोकेका कन्टेनर पहिरोमा अलपत्र

\"\"रसुवा। पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना बढेको छ । कन्टेनर डिब्बा चालक कार्पु लामाका अनुसार यही शुक्रबार बिहान गोसाइँकुण्ड गाउँपालिका–५ त्रिशूली नदी छेउमा पहिरो गई पासाङ ल्हामु राजमार्ग क्षति भएपछि सवारी आवागमन पूर्णरुपमा बन्द हुँदा केरुङबाट स्याउ बोकी आएका ३०–४० वटा कन्टेनर डिब्बा ठूलो भार्खुदेखि स्याफ्रुबेँशीसम्म सडकका विभिन्न भागमा अलपत्र परेकोले स्याउ कुहिने सम्भावना बढ्दै गएको हो । पहिरो गएको २४ घण्टा बितिसक्दा पनि राजमार्ग सञ्चालनको तयारी नहुँदा श्रम गरेर जीविकोपार्जन गर्ने डिब्बा चालकलाई ठूलो मर्का परेकाले शीघ्र मर्मतका लागि सरोकार निकायसामु अग्रह गरिएको चालक लामाले बताए । केही दिन अगाडि बाढी पहिरोका कारण रसुवागढी नजीक खोलाले कटान गरी सडक क्षति पु¥याएको र अर्कोतर्फ घट्टेखोला पुलसमेत ठाडो खोलाले क्षति पु¥याइ असहज परिस्थितिमा समेत डेढ किलोमिटर क्षेत्रमा मानिसद्वारा बोकाइ पल्टी गरेर ल्याएको स्याउ पुनःपल्टी गर्ने सम्भावनासमेत नभएबाट सडक पहिरो व्यवस्थापन गरिदिन आग्रह गरिदिएको सवारी धनी स्थानीय घ्युर्मी लामाले बताए । क्षति भएको स्थानमाथितर्फ पहिरो तल तिर त्रिशूली नदीको चर्को पानीको बहावले असहज अवस्था भए पनि कुनातर्फबाट छिटोभन्दा छिटो राजमार्ग सञ्चालनका लागि सामान जुटाउने काम अघि बढिसकेको डिभिजन सडक प्रमुख नीरज शाक्यले जानकारी दिए। अलपत्र कन्टेनर डिब्बामा करीब एक करोड ६८ लाखभन्दा बढीको स्याउ रहेको बताउँदै डिब्बा धनीसमेत रहेका स्थानीय घ्युर्मी लामाले नेपालको एकमात्र उत्तरी नाका रसुवागढी व्यवस्थित पार्न सडक कार्यालयले विपद् व्यवस्थापनको निर्माण सामग्री समयमै मौज्दात राख्ने वातावरणको सिर्जना गरी दिनसमेत आग्रह गरेका छन् । गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले भने आफ्नो कार्यक्षेत्रको आधार इलाकामा पर्ने राजमार्ग छिटो छरितो सुचारु गर्न स्थानीय सरकारका तर्फबाट सरोकारवाला निकायलाई तर ताकेता भइरहेको र पहिरो स्थल छोटा दूरीको भएकाले मानसरोवर कैलाश जाने भारतीय तीर्थयात्रु र नेपाल भित्रने चिनियाँ पर्यटकलाई तत्कालको समयमा मोटर पल्टी गरी ओहरदोहर गराउन सम्बन्धित टे«किङ एजेन्सीलाई सुझाव दिइएको बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy