Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

दैलेखको पाँच स्थानमा पहिरो

दैलेख। गत वर्ष वर्षातसँग आएको पहिरोले दैलेखको नारायण नगरपालिका– ६ नजिक गणेशचोकमा बसोवास गर्दै आएका नमूना बस्तीका तीन जनाले अनाहकमै ज्यान गुमाए । भिरालो जमीनमा टहरा निर्माण गरेर बसेको नमूना बस्तीमा यो वर्षको वर्षातसँगै २५ घर जोखिममा रहेका छन् । लगातारको वर्षात्ले घरभन्दा माथिबाट पहिरो आएपछि बस्ती जोखिममा पर्न थालेको भन्दै समुदायका सबै चिन्तित भएको पव वादीले बताए । अहिले सिन्की गाजलीको घर पहिरोले पुरिएको छ, अन्य २४ घरका वादी समुदाय घरभित्रको सामान आफन्तको सारेका छन् । विगत तीन वर्षदेखि हरेक वर्षात्मा पहिरोको जोखिममा पर्दै आएको समुदायको लागि दिगो व्यवस्थापन अझै हुनसकेको छैन् । जिल्ला प्रशासन, जिल्ला प्रहरी र नारायण नगरपालिकाले विभिन्न पहल थालेको भए पनि उचित स्थानको अभाव भएका कारण बस्ती अन्यत्र सार्न समस्या भएको नारायण नगरपालिका–१ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठले जानकारी दिएका छन् । वर्षात्मा दैलेख सदरमुकामको गणेशचोकमा रहेको अजित श्रेष्ठको घर भत्किएको छ, घरमा पसल गर्दै आएकी ममता श्रेष्ठको सामान स्थानीय बासिन्दाको पहलमा उद्धार गरिएको छ । पसलमा करीब रु १० लाख बराबरको क्षति भएको छ । नारायण नगरपालिका–ंं१ मा रहेको तारा थापाको घर पूरै भत्किएको छ । घरभित्रका सबै सामान पुरिएका छन् । घरमा कोही व्यक्ति नभएकाले सकुसल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । लगातारको वर्षात्सँगै दैलेखका विभिन्न स्थानमा पहिरो खसेपछि यातायातका साधन अवरुद्ध भएका छन् । कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो खसेका कारण तीन दिनदेखि सडक अवरुद्ध भएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy