Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

पूर्व राष्ट्रपतिमाथी भ्रष्टाचारको आरोप

भ्रष्टाचार र राज्यकोषको दुरूपयोग गरेको आरोपमा दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकब जुमाविरुद्ध राजधानी जोहानेसबर्गमा छानबिन सुरु भएको छ । उक्त भ्रष्टाचार प्रकरण \'राज्य कब्जा\' को रुपमा चर्चित बनेको छ । त्यसमा मुछिएका गुप्ता परिवारमाथि पनि मन्त्री छनोटसहितका राजनीतिक निर्णयलाई प्रभावित तुल्याउन खोजेको आरोप लगाइएको छ । पूर्वराष्ट्रपति र गुप्ता परिवारले कुनै पनि गलत काम नगरेको भन्दै आरोपहरू अस्वीकार गरेका छन् । तर पूर्वअर्थमन्त्री प्रवीण गोर्धनले भ्रष्ट कामकारवाहीबाट राज्यकोषको सात अर्ब डलर हिनामिना गरेको अनुमान गरेका छन् । छानबिन टोलीका प्रमुख तथा उप-प्रधानन्यायाधीश रेय जोण्डोले दक्षिण अफ्रिकी नागरिकलाई आफूले थाहा भएको कुरा जानकारी दिन आग्रह गरे । उनले भने, \'यो देशलाई माया गर्ने सबै दक्षिण अफ्रिकी नागरिकलाई हामी अगाडि आउन र आयोगलाई समस्या समाधानको निम्ति सघाउन आग्रह गर्छौं ।\' दक्षिण अफ्रिकाको भ्रष्टाचारविरूद्धको एक निकायको प्रतिवेदनपछि गत डिसेम्बर महिनामा उच्च अदालतले जुमालाई आयोग गठन गर्न निर्देशन दिएको थियो । प्रतिवेदनले \'राज्य कब्जा\' नाम दिँदै जुमाको सरकारको उच्च तहमा सम्भावित भ्रष्टाचारका प्रमाणहरू फेला पारेको छ । त्यसक्रममा जुमाको मन्त्रिपरिषद्‌का सदस्यको छनोटमा गुप्ता परिवारको प्रभाव रहेको वा नरहेकोबारे अनुसन्धान गरिएको थियो । उक्त निकायले गुप्ता परिवारले सरकारी स्वामित्वको विद्युत कम्पनीको ठेक्का पाउन सरकारी अधिकारीहरूलाई घुस दिएको भन्ने दाबीबारे पनि अनुसन्धान गरेको बताइएको छ । गुप्ता परिवारले भने गत वर्ष संचार माध्यमले बेकारका आरोपहरू लगाएको भन्दै जवाफ दिनुपर्ने कुनै मुद्दा नरहेको बताएका थिए । छानबिनमा संलग्न टोलीसँग अभियोजन लगाउने कुनै अख्तियारी छैन, तर उसले जुटाउने प्रमाण भाविष्यमा हुने अभियोजन प्रक्रियामा प्रयोग हुनसक्ने बताइएको छ । बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy