Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान

खबरडबली संवाददाता

महोत्तरी । पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन् । वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप्टिस’ (मसला) का रूखमा ढकमक्क फूल खिलेको बेला पारेर चितवनका किसान यहाँ माहुरी चराउन आइपुगेका हुन्।

यसपालि यहाँ ठुलो हुरीबतास र असिना नपर्दा माहुरीलाई अनुकूल मौसम भएको माहुरीपालक किसानको भनाइ छ । “यहाँका वनमा फागुनको सुरुवातदेखि नै वनस्पतिमा राम्ररी फूल फुलेका छन्, त्यसैले माहुरी चराउन यहाँ आएका हौँ”, चितवन खैरहनी–४ का ४५ वर्षीय सुरेश बस्नेतले बताए। 

उनले यसपालि फागुन पहिलो साता महोत्तरीका वनमा राखेका दुई ८४ घार माहुरीबाट हालसम्म २० क्विन्टल मह उत्पादन भएको जानकारी दिए । “अझै ६/सात क्विन्टल उत्पादन हुन्छ होला । यसपालि हालसम्म महबाट रु १० लाख जति आम्दानी लिइयो । यहाँका वनका वनस्पतिका फूलमा प्रशस्त रस हुँदा राम्रो मह उत्पादन भएको हो”, बस्नेतले भने।

चितवन कालिका–७ का अशोक बस्नेतले यहाँका विभिन्न क्षेत्रमा एक सय २५ घार माहुरी राखेका छन् । उनले गत फागुन पहिलो सातायता हालसम्म आठ क्विन्टल मह उत्पादन भएको बताए । यस्तै, खैरहनी–८ का ३५ वर्षीय युवराज कार्कीले एक सय तीन घार माहुरीबाट सात क्विन्टल मह उत्पादन गरिसकेको बताए।

सबैभन्दा पाका ७७ वर्षीय अशोक बस्नेतको प्रेरणाले आफूहरू माहुरीमा रमेको बस्नेत र कार्कीको भनाइ छ । “म कमाउन भनेर सउदीअरेबिया पनि गएँ, भनेजस्तो काम नपाएर फर्केपछि यहीँ माहुरीपालनमा लागे”, सुरेशले भने, “यसै व्यवसायबाट केही गर्न सकिन्छ भन्ने विश्वास पलाएको छ । पछिल्ला तीन/चार वर्षयता राम्रै कमाइ भइरहेको छ ।”

मामा अशोकको प्रेरणाले आफू माहुरीपालनमा लागेको र अब यही व्यवसायबाट सन्तुष्टि मिलेको कार्कीको भनाइ छ । उद्यम सञ्चालन गर्न चितवनका कृषिसम्बद्ध सरकारी कार्यालय र स्थानीय तहले अनुदान दिएकाले व्यवसाय सञ्चालनका लागि आफूहरूलाई सहयोग पुगेको मौरीपालक किसानले बताउने गरेका छन्, तर कुकाठबाट बन्ने घारमा बढी रकम काटिँदा अनुदान रकमको ठूलो हिस्सा त्यसैमा जाने गरेको धेरैजसोको चनाइ छ ।

“कृषि कार्यालयले यस्ता घार अनुदान रकमबाट कट्टा हुनेगरी उपलब्ध गराउँछन्, यसको मूल्य प्रतिघार तीन रु हजार ५०० काटिन्छ”, सुरेशले भेन, “सरकारले हामीलाई कुकाठ उपलब्ध गराए हामी आफैँ कम लागतमा घार बनाउँथ्यौँ । यो व्यवस्था हुन नसक्दा अनुदान रकमको ठूलो हिस्सा घारमै जाने गरेको छ ।”

महोत्तरी माहुरीका लागि राम्रो चरणको क्षेत्र भए पनि यही जिल्लाका किसान भने यसतर्फ आकर्षित हुनसकेका छैनन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाः डिजेबाट सुरु भएको विवाद कसरी साम्प्रदायिक हिंसामा बदलियो ?

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति बोलबम यात्राका क्रममा सुरु भएको सामान्य विवाद केही मिनेटमै साम्प्रदायिक झडपमा...

कुलो मर्मत नगरेपछि किसानको आक्रोश, जलविद्युत् उत्पादन नै बन्द गराए

पाँचथर । सिँचाइ कुलोको मुहान मर्मत गर्ने लिखित सहमति कार्यान्वयन नभएको भन्दै पाँचथरका किसानले जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन सुरु गरेका छन्। ...

हात्ती धपाउन बिछ्याइएको तारमा करेन्ट ग्लादा एकजनाको मृत्यु

झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...

तीन महिनादेखि फरार ज्यान मार्ने उद्योगका प्रतिवादी पक्राउ

पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...

तीन दिनसम्म वर्षाको चेतावनी, चार प्रदेशका पहाडी क्षेत्रमा भारी पानी पर्ने सम्भावना

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...

कर्णाली राजमार्गमा ठूलो पहिरो, सडक अवरुद्ध हुँदा सयौँ यात्रु बीच बाटोमै रोकिए

कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

पाल्पा  । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता, पछिल्लो राजनीतिक अवस्था र संसद्को कामकारबाहीबारे छलफल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...

चिकित्सक–सरकार सहमति : आन्दोलन फिर्ता, सुरक्षा ऐन संशोधनदेखि नयाँ कार्यदल गठनसम्म ५ बुँदे सहमति

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशभर जारी आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्...

सुनसरी घटनामा मन्त्रिपरिषद् मौन, निर्णयबारे सरकार चुप !

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले देशभर चासो र बहस सिर्जना गरिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending