Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

देउवाले थाले महासमितिबारे छलफल

काठमाडाैं । कांग्रेसले महासमिति बैठकको तयारी औपचारिक रूपमा अघि बढाउने भएको छ । यसका लागि पार्टी सभापति शेरबहादुर देउवाले आगामी ८ भदौमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । बैठक डाक्न ढिलो भएको भन्दै नेतृत्वको आलोचना भइरहेका वेला विदेशबाट फर्किएलगत्तै सभापति देउवाले बैठक बोलाएका हुन् । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - महामन्त्री पूर्णबहादुर खड्काले ८ भदौमा बस्ने केन्द्रीय कार्यसमिति बैठकले धेरै विषय टुंग्याएर महासमिति बैठक गर्ने बाटो खोल्ने जानकारी दिए । ‘अब ८ भदौमा बस्ने केन्द्रीय कार्यसमितिले महासमिति बैठकका सबै तयारी थाल्नेछ,’ खड्काले भने, ‘राजनीतिक, आर्थिक प्रस्ताव समिति, मूल तयारी समिति, अनुशासन समिति, विधान मस्यौदा समिति अब एकैपटक टुंगो लाग्छन् ।’ नेताहरूबीच सहमति भए ८ भदौअगावै मस्यौदा समिति टुंगिन सक्ने उनले जानकारी दिए । भदौभित्रै गर्ने देउवाको तयारी सभापति देउवाले भदौ मसान्त वा असोजको दोस्रो सातासम्ममा महासमिति बैठक गर्नेबारे छलफल थालेका छन् । त्यसअघि भने देउवाले विधान मस्यौदा समिति गठन गर्न अलमल गरेका थिए । उनी भदौ मसान्तमा सम्भव नरहेको भन्दै आगामी छठपछि महासमिति बैठक गर्ने छलफलमा थिए । त्यसको सूचना देउवाकै सचिवालयबाट चुहिएको थियो । तर, पार्टीभित्र आलोचना भएपछि उनी विधान मस्यौदा समितिलाई १५ दिनको समय दिएर भदौ मसान्तकै आसपास महासमिति बैठक गर्नेबारे छलफलमा जुटेका हुन् । किन तयार भए देउवा ? रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षकोे विरोध, महामन्त्री शशांकको असन्तुष्टि र कोइरालाहरूले एक भएको सन्देश दिएपछि देउवाले पार्टीका प्रक्रियागत कामलाई समयमै गर्ने सोचेको हुन सक्ने केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए । तर, देउवानिकटका नेताहरूले विधान मस्यौदा समितिलाई १५ दिनको समयले नपुग्ने बताइरहेका छन् । ‘उहाँ १५ दिनमा मस्यौदा टुंग्याउन सकिन्छ भनिरहनुभएको छ,’ ती नेताले भने, ‘मस्यौदा तयार गरेपछि देशभर छलफल गर्नुपर्नेलगायत प्राविधिक काम १५ दिनमा सकिँदैन भन्ने हाम्रो कुरा छ ।’ पौडेल पक्ष र सिटौला पक्षले भदौ मसान्तमै महासमिति बैठक गर्न निरन्तर दबाब दिए पनि देउवाले मस्यौदा समिति गठनमै ढिलाइ गरेका थिए । भदौ मसान्तमा महासमिति बैठक गर्ने मनस्थिति नबनाएरै उनले समयमा समिति गठन गरेनन् । तर, अब पार्टीभित्रै आलोचना भएपछि केही गरेको देखाउन पनि महासमिति बैठक सकेसम्म छिटो गर्नेतर्फ छलफल थालेका हुन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending