Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

राजमार्ग बन्द भएपछि राजश्व सङ्कलनमा ठुलो असर

रसुवा। अविरल वर्षापछि खसेको पहिराले सडक अवरुद्ध पार्दा राजश्व सङ्कलनमा ठूलो असर परेको छ । अवरुद्ध राजमार्ग चालु गराइ भन्सारको कर असुली, पर्यटकको आवागमन, निर्माण सामग्री ढुवानी र बिरामी ओसारपसारमा सहजता ल्याउन सडक सञ्चालन गर्नु आवश्यक भएको र यसका लागि प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । पहिरो र नदीकटानबाट अवरुद्ध सडक पुनःनिर्माणका लागि नेपाली सेना परिचालन गर्न मन्त्रालयमार्फत् प्रक्रिया अगाडि बढिसकेकाले अबको एक÷दुई दिनभित्रै राजमार्गको पहिरो व्यवस्थापन गरी सवारी साधान सञ्चालन गर्न नेपाली सेना कालिप्रसाद इञ्जिनीयरिङ गणले स्थलगत निरीक्षणसमेत गरिसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो । अबिरल वर्षाले रसुवागढी, धुञ्चे–भार्खुबीचको त्रिशुली नदी छेउका दुई स्थानमा पहिरा गएका कारण नेपाल–चीन सिधा सम्पर्क टुटेपछि तीजपर्व लागि ल्याइएका सौन्दर्यका सामाग्रीसमेत रोकिएको एकता व्यापार सङघले जनाएको छ । सडक बन्द हुँदा नेपाली व्यवसायीले झिकाएका साम्रगीले आफ्नो गोदाम भरिसकेको चिनियाँ सामान ढुवानी गर्ने केरुङ क्षेत्रको सबैभन्दा ठूलो ढुवानी कम्पनी मुसा ट्रान्सर्पोटले जनाएको छ । सडक अवरुद्ध भएपछि भन्सार शुल्क समेत प्रभावित भएको बताउँदै प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले साउन १० गतेयता करिव रु ४८ करोड राजश्व सङ्कलनमा असर परेको बताए । साउन ११ गतेको अबिरल वर्षाले क्षति पुगेको टिमुरे र रसुवागढी बीच घट्टेखोलाको पक्की पुल मर्मत ४५ प्रतिशत पूरा भएको डिभिजन सडक कार्यालयले जनाएको छ । अर्बौका सामान रोकिँदा आफ्ना व्यवसायीलाई ठूलो मर्का परेको र विभिन्न चाडपर्वसमेत नजिकिँदै गरेकोले छिटोभन्दा छिटो राजमार्ग चालु गराउन आग्रह गरिएको उक्त सङ्घका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले बताए । अवरुद्ध सडक छिटो खोल्न आफूले प्रयास जारी राखेको बताउँदै सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले विष्फोटक पदार्थ प्रयोगका लागि नेपाली सेनालाई आग्रह गरिसकिएको र सेनाको नीति निर्माण तहबाट ठोस जवाफ नआउँदा सडक खोल्ने काम केही दिन ढिलाइ भएकाले सेनालाई विशेष निर्देशनका लागि रक्षा मन्त्रालयमा अनुरोधसमेत गरिरहेको बताए।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy