Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

ग्यास छाडी गोबरतिर

काठमाडौं । यता ग्यास उडेको उड्यै, उता प्रधानमन्त्री केपी शर्मा ओली गोबरग्यासको पाइप खोल्दै ! विराटनगरमा गोबरग्यासबाट उत्पादित ग्यास पाइपलाइनबाट वितरण गर्ने कृष्ण गौसेवा सदनले तयार गरेको वितरण प्रणाली उद्घाटन गरिएको चर्चा चुलिँदा काठमाडौं उपत्यकामा भेटिएका प्राकृतिक ग्यासका खानीको बेवास्ता भइरहेको छ। अाजकाे नागरिक दैनिकमा याे खबर छ - उपत्यकाका टेकु, इमाडोल, सातदोबाटो र लुभुमा भेटिएका प्राकृतिक ग्यासको उत्पादन र वितरणको हल्ला चलाइए पनि काममा कुनै प्रगति भएको छैन। टेकुस्थित प्राकृतिक ग्यास केन्द्रमा पाइप जडान गरी निश्चित स्थानमा सुरक्षा घेरा बनाइएको छ। त्यहाँ ग्यास चुहावट भइरहेको छ। नागरिककर्मी टेकुस्थित पचली भैरवपछाडि पुग्दा ग्यास खानीमा पाइप जडान गरिएको स्थानमा चुहावट स्पष्ट देखिन्थ्यो। ग्यास चुहावट भएको जमिनको सतहमा पानी बगिरहेको छ। उक्त स्थानमा पर्खालले घेरी सुरक्षाकर्मीको व्यवस्था गरिएकोबाहेक कोही भेटिएनन्। झाडीले छोप्दै गरेको ग्यासको पुरानो ठूलो ट्यांकी खियाले खाएको र नयाँ ट्यांकी जडान गरे पनि त्यसको उचित जगेर्ना गरिएको छैन। इमाडोलमा पनि ग्यास चुहावट भइरहको छ भने सातदोबाटो र लुभुको अवस्था उस्तै छ। नाकाबन्दीका बेला लुभु र सातदोबाटोमा स्थानीयले ग्यास खानीबाट चुहावट गराएर खाना बनाएको भेटिएपछि खानी तथा भूगर्भ विभागको कर्मचारी पुगेर बन्द गराएका थिए। त्यसपछि, मन्त्रीसहितको टोली अवलोकन गरी चर्चा चलाउनेबाहेक ग्यास उत्पादन र वितरणका लागि काम हुन सकेन। आफ्नै स्रोतको सदुपयोग त परै जाओस् सुरक्षा पनि गर्न नसक्दा ग्यास पाइपलाइन काठमाडौं उपत्यकावासीका लागि गफ बन्दै गएको छ। खानी तथा भूगर्भ विभागका अनुसार ग्यास उत्पादन र वितरणका लागि आवश्यक काम गर्न पर्याप्त बजेट विनियोजन गरिएको छैन । ड्रिलिङ गर्न ५० लाख बजेट विनियोजन भएबमोजिम काममा कुनै प्रगति भएको छैन । ग्यास उत्पादन र वितरण त परै जाओस् खानी भएको स्थानको सुरक्षा र जगेर्नासमेत उचित नभएको खानी तथा भूगर्भ विभागका कर्मचारी स्वीकार्छन्। जथाभाबी घर तथा भवन निर्माण, डिप बोरिङ, इनार खन्ने प्रवृत्तिका कारण ग्यास उत्पादन र वितरणको सम्भावना उपत्यकाभित्र घट्दै गएको छ। कुनै बेला घरघरमा ग्यास पाइपलाइनको हल्ला गरेर केही काम गर्न खोजिएको देखाए पनि वास्तविकतामा कुनै प्रगति नभएको ग्यास खानी भएका स्थानको अवस्थाबाट बुझ्न सकिन्छ। सातदोबाटो, इमालोड र लुभुको ग्यास खानीको पछिल्लो अवस्थाबारे विभागका उच्च अधिकारीसमेत जानकार छैनन् । टेकुमा केही काम गर्न खोजे पनि परिणाम उन्मुख देखिँदैन। यसबाट ग्यास उत्पादन र वितरणमा जिम्मेवार निकायको पूरै बेवास्ता देखिन्छ। पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ पुसमा ओलीले घरघरमा ग्यास पाइपलाइनको नारा दिएपछि तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे ग्यास खानीमा पुगेर मिडियामा छाएका थिए। हल्लामात्र गर्ने तर परिणाम दिने गरी काम नगर्ने प्रवृत्तिले देशमा भएका ग्यास र खनिजको सदुपयोग हुन सकेको छैन। मंगलबार विराटनगर पुगी प्रधानमन्त्री ओलीले गोबरग्यासको पाइपलाइन उद्घाटन गर्दा उनको सपना साकार भएको भन्दै चर्चा भएको थियो। सरकारी निकायको उदासीनताका कारण ग्यास खेर गइरहेको छ। घरघरमा पाइपबाट ग्यास पु-याउने नाराले ओली कुनै बेला चर्चामा पुगेका थिए। उनी प्रधानमन्त्री भएको बखत टेकु र इमाडोलमा ग्यास उत्पादन तथा वितरण गर्ने पहल थाल्ने भनिए पनि ठोस काम नभएको अहिलेको अवस्थाबाट थाहा हुन्छ । नाकाबन्दीको बखत ग्यास र पेट्रोलियम पदार्थ अभाव हुँदा प्राकृतिक ग्यास उत्पादन र वितरण गर्ने विषय अगाडि सारेर चर्चा चलाइएको थियो। राजनीतिक तहबाट अवलोकन र कामको निर्देशनबाहेक बजेट विनियोजन र काम गर्ने वातावरण नबन्दा ग्यास उडेर वायुमण्डलमा मिसिइरहेको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy