Ntc summer Offer
Khabar Dabali २८ कार्तिक २०८१ बुधबार | 13th November, 2024 Wed
Investment bank

अमेरिकी बिदेशमन्त्री अचानक किन जादै छन् उत्तर कोरिया ?

वासिङटन। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान लागेका छन् । उहाँले उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधिमा फोर्डका उपाध्यक्ष स्टेफेन बिगनलाई नियुक्त गरिएको पनि जानकारी दिए । विदेशमन्त्री पोम्पेओले उत्तर कोरिया भ्रमणमा बिगन पनि साथमै रहनुहुने पनि बताए । “स्टिभले उत्तर कोरियासम्बन्धी अमेरिकी नीतिका बारेमा नेतृत्व लिनेछन्, राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीम जोङ–उनबीच भएका सम्झौताको पूर्ण कार्यान्वयनमा योगदान दिनेछन्,” विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पोम्पेओले भने । अमेरिका र उत्तर कोरियाले जुनमा सिंगापुरमा भएको ऐतिहासिक शिखर बैठकमा भएका सहमतिको कार्यान्वयन गर्ने सन्दर्भमा वार्ताहरु गरिरहेका छन् । दुवै नेताबीच कोरियाली द्वीपलाई आणविक हतियारविहीन पूर्ण निःशस्त्रीकरण गर्ने समझदारी भएको छ । उत्तर कोरियाले पनि अमेरिकाबाट सुरक्षाको पूर्ण प्रत्याभूति चाहेको छ । तर, प्योङयाङले पहिले आफूसँग भएका सबै आणविक हतियारका बारेमा जानकारी दिनुपर्ने अमेरिकाको माग रहिआएको छ भने सन् १९५०–५३ को कोरियाली युद्ध औपचारिक रुपमा समाप्त भएको अमेरिकाले घोषणा गर्नुपर्ने उत्तर कोरियाको आग्रह छ । उत्तर कोरियामाथि लागेका आर्थिक नाकाबन्दीको विषयले पनि तनाब सिर्जना गरिआएको छ । अमेरिकाले उत्तर कोरियाले आणविक निःशस्त्रीकरण नगर्दासम्म प्रतिबन्धहरु यथावत राख्ने जनाइसकेको छ । यही एक महिनाभित्रै अमेरिकाले उत्तर कोरियासँग सम्बन्धित गैरकानुनी व्यापारलाई लक्षित गरी तीनवटा एकतर्फी प्रतिबन्ध घोषणा गरिसकेको छ । प्योङयाङले अन्तर्राष्ट्रिय प्रतिबन्धका विरुद्धमा अमेरिकाको चर्को आलोचना गरेको छ । गतसाता कीमले प्रतिबन्धका सम्बन्धमा कटाक्ष गर्दै “दुश्मन शक्ति” को कायरतापूर्ण कार्य रहेको बताए । यसै वर्षमात्र पोम्पेओको यो उत्तर कोरियाको चौथो भ्रमण हो । पहिला दुईवटा भ्रमणमा पोम्पेओले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता कीमबीच ऐतिहासिक शिखर बैठकको तयारी गरेका थिए । उनको तेस्रो भ्रमण भने सिंगापुर बैठकको प्रगतिको समीक्षा गर्नेतर्फ केन्द्रित थियो । तर यस पटकको भ्रमणमा कीमसँग भेटघाट हुने वा नहुने भन्नेबार प्रष्ट भइसकेको छैन ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy