काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। सोमबार बसेको केन्द्रीय कमिटीको भर्चुअल (जुम) बैठकलाई सम्बोधन गर्दै उनले नेतृत्वविरुद्ध भावनात्मक प्रतिक्रिया नदिन नेताहरूलाई आग्रह गरे।
‘अहिले छोड, भोलि छोड भन्ने आवश्यक छैन। कोही पनि उत्तेजित र भावनात्मक नबनौँ,’ उनले भने, ‘हामी नयाँ नेतृत्व स्थापित गर्ने प्रक्रियामै छौँ। युवालाई ५० प्रतिशत नेतृत्वमा स्थान दिने प्रतिबद्धता त्यसै गरिएको होइन, पार्टी पुनर्गठनको स्पष्ट योजना छ।’
प्रचण्डले पार्टी पुनर्गठनका लागि नयाँ मोडलमा छलफल भइरहेको उल्लेख गर्दै केन्द्रीय सदस्यहरूलाई धैर्य र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे।
उनले पुस्तान्तरण स्वाभाविक राजनीतिक प्रक्रिया भएको उल्लेख गर्दै यसलाई दुई पुस्ताबीचको द्वन्द्वका रूपमा चित्रण गर्नु गलत हुने बताए।
बैठकमा सहसंयोजक माधवकुमार नेपालले भने पार्टी एकताको बाँकी काम असार महिनाभित्रै टुंग्याउने गरी अघि बढ्नुपर्नेमा जोड दिए।
‘गफ र हल्लाले होइन, कामले परिणाम दिनुपर्छ,’ उनले भने, ‘धेरै पार्टीहरू एक ठाउँमा आउँदा केही असन्तुष्टि हुनु स्वाभाविक हो। तर एकता नै असम्भव हुने अवस्था बनेको छैन।’
नेपालले सबै मतभेदलाई संवादबाट समाधान गर्दै नेकपालाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: