Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

नगरपालिकाले सिफारिस र व्यक्तिगत घटना दर्ता निःशुल्क गर्ने

लहान। देशभरका अधिकांश स्थानीय तहले व्यक्तिगत घटना दर्ता तथा सिफारिसमा शुल्क बढाइरहँदा सिरहाको गोलबजार नगरपालिकाले दिने सिफारिस तथा व्यक्तिगत घटना दर्ता निःशुल्क गर्ने निर्णय गरेको छ । नगरपालिकाका बासिन्दाले ३५ दिनसम्म व्यक्तिगत घटना निःशुल्क दर्ता गराउन सक्ने र ३५ दिनभन्दा बढी भएमा दर्ता गर्न रु ५० विलम्ब शुल्क लाग्ने नगर प्रमुख देवनाथ साहले जानकारी दिए । जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाइँसराइ, सम्बन्धविच्छेद, निःशुल्क स्वास्थ्योपचार, स्वास्थ्य उपचारमा सहुलियत, छात्रवृत्ति, अति गरीब र दुईजना व्यक्ति एउटै भएकोलगायतका सिफारिस निःशुल्क गरिएको नगरप्रमुख साहले बताए । नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम आपाङ्गता भएका नागरिकको सिफारिसमा ५० प्रतिशत छुट दिने तथा अति गरीब डुम र मुसहर समुदायलाई नगरपालिकाबाट दिइने सिफारिसमा पूर्ण निःशुल्क गरिएको नगर प्रमुख साहको कथन छ । अधिकांश स्थानीय तहले सिफारिस र व्यक्तिगत घटना दर्तामा शुल्क बढाइरहँदा गोलबजार नगरपालिकाले विभिन्न सिफारिस र व्यक्तिगत घटना दत्र्ता निःशुल्क गरेपछि स्थानीयवासी खुशी भएका छन् । देशभरिका स्थानीय तहले कर बढाइरहेको भन्ने तीव्र असन्तुष्टि आएको बेला गोलबजार नगरपालिकाले नागरिकसँग प्रत्यक्ष सरोकार रहने सिफारिस निःशुल्क गरेपछि स्थानीयवासी खुशी देखिन्छन् । स्वास्थ्य शिविरमा ५०० बढीको जाँच सिरहाको कर्जन्हा नगरपालिका–११ बगहामा सम्पन्न क्यान्सर रोग सम्बन्धी स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढीले स्वास्थ्य जाँच गराएका छन् । जसमध्ये ८६ जना महिला पाठेघरका क्यान्सर रोगी फेला परेका छन् । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सिरहाको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल हस्पिटलको आयोजनामा सम्पन्ने स्वास्थ्य शिविरमा जाँच गराएकामध्ये ८६ जना महिलामा पाठेघरको क्यान्सर भेटिएको शिविरका टोली प्रमुख डा निर्मलकुमार लामिछानेले जानकारी दिए । शिविरमा चेकजाँच गरिएका महिलामध्ये आठ जनाको पाठेघर पूर्ण रुपले खसेको र छ जनाको पाठेघरभित्र मासु पलाएको पाइएकाले तत्काल पायक पर्ने अस्पतालमा उपचारका लागि सिफारिस गरिएको डा लामिछानेले बताए । यसैबीच सिरहाको कर्जन्हा नगरपालिका– ११ स्थित बगाहामा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनको शाखा स्थापना गर्ने तयारी शुरु स्थानीय समाजसेवी रेणु यादवले जानकारी दिएमा छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy