Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

मन्त्री बीना भन्छिन 'वैदेशिक रोजगारीलाई ऐच्छिक बनाउँन लागिरहेको छौं'

दुवई। खानेपानीे तथा सरसफाई मन्त्री विना मगरले नेपाली युवाहरुको लागि वैदेशिक रोजगारी रहन नभइ बाध्यात्मक भएको बताइएकी छिन । साथै अहिलेको सरकारले स्वदेशमै रोजगारी सृजना गर्ने गरी नीतिगत र कार्यगत गृहकार्य गरीरहेको जनाएको छ  । गैरआवसीय नेपाली संघको मध्यपूर्व सम्मेलनको छैटौं सम्मेलनलाई संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा शुक्रबार उद्घाटन गर्दै मन्त्री मगरले सरकारले वैदेशिक रोजगारलाई ऐच्छिक बनाउन चाहिरहेको वताइन । ‘नेपाली युवाहरु गाँस र बाँसको लागि विदेशिन नपरोस्,’ उनले भनिन्, ‘यसलाई अन्त्य गर्न सरकार योजनाबद्ध रुपमा अगाडि बढेको छ । जुन एकदमै चुनौतीपुर्ण छ ।’ वैदेशिक रोजगारमा जाने कामदारले आफूसग नेपाल सरकारको साथमा रहेको अनुभुति हुने गरी काम भइरहेको बताइन् । ‘वैदेशिक रोजगार ऐन र नियमावलीलाई कामदारको हितमा हुने गरी संशोधन प्रक्रिया अघि बढाइएको छ,’ उनले भनिन्, ‘नेपाली कामदारको हितको पक्षमा सरकार वलियो ढंगले उभिएको छ ।’ उनले कोमामा रहेका नेपाली कामदारलाई फिर्ता लैजाने तयारी भइरहेको बताइन् । ‘परिवारले आफुले नै कोमाका विरामीलाई ल्याउन र ब्यबस्था गर्न सकेको छैन । अब कोमाको विरामीको जिम्मेवारी सरकारले लिन्छ’, उनले भनिन् । नेपाली काँग्रेसका नेता एवं पूर्वश्रममन्त्री रमेश लेखकले वैदेशिक रोजगार नेपालीको लागि बाध्यात्मक अवस्था भएको बताए । ‘युवालाई रोजगारी दिएर देशको बिकास गरी मुल प्रबाहमा ल्याउने सम्भाबना तत्कालै छैन । देशभित्र पसिना बगाउनुपर्ने थियो । तर देशबाहिर गएर पसिना मात्रै होइन रगत बगाउनुपरेको छ’, उनले भने,‘यो कामलाई मर्यादीत र सुरक्षीत बनाउने बाहेक हामीसँग अर्को बिकल्प छैन । यतिधेरै जोखिम र जटिलता छ कि जति काम गर्दा पनि गरेको जस्तो देखिन्दैन । जटिलता, जोखिम र सम्भाबना र अबसर दुवै छ । विद्यमान चुनौतीलाई न्युनीकरण गरेर अवसरलाई दोहन गर्नुछ ।’ उनले विदेशमा महिला कामदार समस्यामा प¥यो भनेर जान रोक्नु गलत भएको बताए । ‘महिला कामदारको बिषयमा बिशेष सम्झौता गर्नुपर्छ,’ उनले भने । एनआरएनका अध्यक्ष भबन भट्टले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको सामाजीक सुरक्षाको लागि पेन्सन फन्ड तयार गर्ने अबधारणा ल्याएको बताए । ‘शक्ति भएसम्म विदेशमा काम गर्ने र कमजोर भएपछि देश फिर्ने स्थिति छ । सामाजीक सुरक्षाको लागि पेन्सन फन्ड बनाउन जरुरी छ’, उनले भने । उनले स्थिर सरकार वनेपछि संसारले नेपालमा लगानी गर्न वाताबरण वनेको भन्दै उत्साही देखिएको बताए । संस्थापक अध्यक्ष उपेन्द्र महत्तोले देशको आर्थिक समृद्दि भएमात्रै नागरीकको समृद्धि हुने बताए । उनले नेपालमा दक्ष जनशक्ति अभाब भएकोले विदेशमा सिकेका सीप बोकेर लिएर नेपाल जाने वेला भइसकेको बताए । ‘तपाईहरुले यहाँ ठुला ठुला टावर वनाउन सक्नुभएको छ । चिल्ला सडक बनाउनुभएको छ । तपाईहरुले मरेर लास पठाएर पैसा पठाइराख्नुभएको छ,’ उनले भने,‘त्यसरी पठाएको पैसा अनाबश्यक क्षेत्रमा खेर गइरहेको छ । समय त्यतिकै खेर गइरहेको छ । विप्रेषणबाट शिक्षा, स्वास्थ्यको बिकासमा काम गर्न सक्छौं ।’ गैरआवसीय नेपाली संघका पुर्व अध्यक्ष जीवा लामिछानेले बैदेशिक रोजगारीलाई उच्च प्राथमिकतामा राखेर एनआरएनले क्षेत्रीय सम्मेलन गर्दै आएको बताए । ‘ सम्भाबना छ भने जहा पनि जानुपर्छ । नेपालले जनशक्ति नै निर्यात गर्न सक्ने हो । अहिले अदक्ष कामदार पठाइरहेको छ । त्यसलाई दक्ष वनाएर पठाउनुपर्छ’, उनले भने,–‘अदक्षको रुपमा गएकोले धेरै समस्याहरु सिर्जना भइरहेको छ । संघको सिमितताले चाहेर पनि धेरै काम गर्न सकिरहेको छैन ।’ युएईका कार्यबाहक राजदूत सागर फुयालले वैदेशिक रोजगारीमा आउने कामदारलाई सचेतना फैलाउन निकै जरुरी रहेको बताए । ‘आबश्यक अभिमुखीकरण तालिम दिन श्रम आवासमै गइरहेको छ,’ उनले भने । सम्मेलनमा कतार, साउदी अरव, बहराइन, ओमन, कुबेत लगायत मध्यपुर्वका देशबाट प्रतिनिधि सहभागी भएका छन् । सम्मेलनमा सुरक्षीत र मर्यादीत वैदेशिक रोजगारी, आप्रवासी कामदारको ज्ञान, सीप, विप्रेषण र उद्यमशिलता समृद्दिको लगायत बिषयमा छलफल भइरहेको छ । एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले मध्यपुर्व क्षेत्रमा कार्यरत झन्डै २० लाख नेपालीको मुद्धा र सवालमाथि सम्मेलनले सम्बोधन गर्ने वताए । गैरआवसीय नेपाली संघको मध्यपुर्व सम्मेलन युएई घोषणा पत्र जारी गर्दै भोलि शनिवार सकिनेछ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy