Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

कञ्चनपुरमा गोली चलेपछि देउवा र प्रचण्डद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कञ्चनपुर घटनाको छानविन गर्न माग गरेका छन्।बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका दोषीलाई कारवाहीको माग गर्दै कन्चनपुरमा जारी आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएपछि देउवा र दाहालले शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै उच्चस्तरीय छानविनको माग गरेका हुन्। अाजकाे नागरिक दैनिकमा याे खबर छ - देउवाले ट्वीटरमा प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै घटनाको छानविन गर्न माग गरेका छन्। ‘कञ्चनपुरमा आज प्रहरीको गोली लागी एक बालकको मृत्यु भएको घटनाले म ज्यादै दुःखी छु। मृतक बालकको परिवारप्रति गहिरो सहानुभूति प्रकट गर्दछु’, देउवाले भनेका छन्, ‘निर्मला पन्तको बलात्कार÷हत्याको अनुसन्धानमा सन्देश जनाउने जनतामाथि गोली बर्साउने कार्यको म भत्सर्ना गर्छु।’ उनले निर्मलाको परिवारलाई सुरक्षा दिन, नयाँ शिराबाट विश्वसनीय अनुसन्धान सुरु गर्न र छोरी चोलीको सुरक्षा गर्ने कदम चाल्न पनि माग गरेका छन्। साथै बलात्कारीलाई तत्काल दण्डित गर्न र पीडितलाई न्याय दिलाउन फास्ट ट्रयाक कोर्ट गठन गर्न जरुरी भइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। त्यस्तै, नेकपाका अध्यक्ष दाहालले घटनालगत्तै प्रधानमन्त्री ओलीलाई फोन कञ्चनपुर घटना गम्भीर रुपमा लिएर उच्चस्तरीय छानबिन समिति बनाउन आग्रह गरेका छन्। घटनाको छानविनका लागि गृह मन्त्रालयले विहीबार सहसचिवको नेतृत्वमा समिति गठन गरेपनि आन्दोलन नरोकिएपछि देउवा र दाहालले उच्चस्तरीय छानविनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending