Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

अचानक किन दिए क्रिकेट प्रमुखले राजीनामा ?

कराची। पाकिस्तानका क्रिकेट प्रमुख नजाम सेथीले राजीनामा दिएका छन् । पुर्व क्रिकेटर समेत रहेका इमरान खान नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि क्रिकेट प्रमुख सेथीले राजीनामा दिएको हो । पुर्वप्रधानमन्त्री नवाज शरीफको पक्षमा सन् २०१३ मा भएको निर्वाचनमा धाँधली गर्न सहयोग गरेको आरोप खानले सेथीलाई लगाएको हो । सेथीलाई शरिफले पाकिस्तान क्रिकेट वोर्ड (पीसीबी)मा नियुक्त गरेको हो । अध्यक्षका रुपमा उहाँको कार्यकाल सन् २०२० मा सकिने भएपनि उनले अहिले नै राजीनामा दिएको बताइएको छ । “सहज तरिकाले काम गर्ने वातावरण नभएको र आफ्नो जिम्मेवारी पुरा गर्न गाह्रो हुने देखिएकाले मैले क्रिकेट वोर्डबाट राजीनामा दिने निर्णय गरेको हुँ,” सेथीले ट्वीटर मार्फत् सार्वजनिक गर्नु भएको राजीनामा पत्रमा उल्लेख छ । “क्रिकेट वोर्डले आगामी दिनमा क्रिकेट टिमलाई अझ शसक्त बनाउदै राम्रो प्रस्तुतिका लागि वातावरण वनाइदिने छ भन्ने मैले विश्वास लिएको छु,” उनले लेखेका छन् । प्रधानमन्त्री खानले सेथीको ठाउँमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का पुर्व अध्यक्ष हसन मानीलाई नियुक्त गरिसक्नुभएको छ । उनलाई नियुक्त गरेपछि खानले ट्वीटरमा लेखेका छन्, “मानीले आफ्नो काममा मूल्यवान् अनुभव र व्यापक परिवर्तन गरानेछन् ।” पदत्याग गरेका सेथी पाकिस्तानको राष्ट्रिय साप्ताहिक द फ्राईडे टाइम्सका सम्पादक समेत छन् । त्यस पत्रिकामा खानको व्यङग्यात्मक नियमित स्तम्भ पनि छापिने गर्थ्यो । सन् २०१६ मा सेथीकै नेतृत्वमा पाकिस्तान सुपर लिग आयोजना गरिएको थियो । त्यसलाई पाकिस्तानमा २० बर्षमाथिको क्रिकेट खेलको विकासमा ठूलो योगदान पु¥याएको प्रतियोगिताका रुपमा लिइन्छ । टि ट्वान्टी टिममा पाकिस्तान अहिले पनि विश्वकै अग्रस्थानमा रहेको छ । रासस/एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy