Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

आन्दोलनमा मृतकलाई राष्ट्रिय शहीद घोषणा गरियोस् भन्दै सांसद भट्टले निकाले यस्तो बिज्ञप्ती

कैलाली। नेपाल कम्युनिष्ट पाटी (नेकपा) का नेता तथा कैलालीबाट प्रतिनिधि सभाका लागि निर्वाचित सांसद लेखराज भट्टले कञ्चनपुरमा गोली लागि मृतक भएका युवकलाई राष्ट्रिय शहीद घोषणा गर्न माग गरेका छन्। कञ्चनपुरको भीमदत्तनगरमा हिजो भएको प्रदर्शनमा प्रहरीको गोली लागि एक १७ वर्षीय युवकको हत्या भएको थियो । गोली चलेलगत्तै अध्यक्ष प्रचण्डसँग जनप्रतिनिधि सहित भेट गरेका भट्टले लगत्तै विज्ञप्ती जारी गर्दै मृतक परिवारलाई क्षतिपूर्ति र मृतकलाई राष्ट्रिय शहीद घोषणा गर्न माग गरेका हुन । भट्टले जनताको सही नियतको आन्दोलनलाई गलत दिशातर्फ लैजाने सम्भावनाप्रति समेत सचेत रहन माग गर्दै प्रशासनमसमक्ष स्थानीय जनताको जनधनको सुरक्षाका लागि विशेष संयमता र रणनीति अबलम्बन माग गरेका छन् । पढनुस् विज्ञप्ती कञ्चनपुर जिल्लाको भीमदत्तनगर नगरपालिका वडा नं. २ निवासी निर्मला पन्तको बलात्कापछि हत्या भएपश्चात विकसित घटनाक्रमप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । घटना घटे लगत्तै मैले मेरो व्यक्तिगत र सात नम्बर प्रदेशका सबै जनप्रतिनिधिसँग समन्वय गरी सरकार समक्ष उक्त घटनालाई संवेदनशीलरुपमा लिई आवश्यक अनुसन्धान र कार्वाही गर्न माग गरेको सबैलाई विदितै छ । तर राज्यका तर्फबाट उक्त घटनालाई सामान्यरुपमा लिई सुरक्षा स्थिति मजबूत पार्न तथा घटनाको निष्पक्ष छानबीन गर्ने दिशामा गम्भीरता देखाउन नसक्दा अहिले घटनाले अनपेक्षित मोड लिन पुगेको छ । यसैक्रममा आन्दोलनमा सहभागी एकजना युवकको मृत्यु भएको समाचार सुन्दा म स्तब्ध बनेको छु । शान्तिपूर्ण प्रदर्शनलाई अराजकरुपमा लैजान खोज्ने गैर राजनीतिक प्रवृत्तिको निशानमा परेका ती युवकका परिवारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्न चाहन्छु । हत्याकाण्डबारे भरपर्दो तरिकाले अनुसन्धान गरियोस र दोषीलाई कार्वाही होस भन्ने आम जनताको माग रहेको छ । जनताको शान्तिपूर्ण र न्यायिक आन्दोलनप्रति समर्थन गर्नुका साथै प्रदर्शनमा अनावश्यक बल प्रयोग गरिएकोमा गृह प्रशासनको गम्भीर रुपमा ध्यानाकर्षण गराउनु चाहन्छु । जनताको स्वतःस्फूर्त आन्दोलनमा बल प्रयोग नगर्न तथा घटनालाई अतिरञ्चित तवरले राजनीतिकरण गर्ने प्रयास हुनसक्ने अवस्थालाई ध्यानमा राखेर नागरिक भावना अनुरुप अनुसन्धान अघि बढाई जनसुरक्षाका लागि आवश्यक रणनीति अबलम्बनका लागि निर्देशन दिन समेत गृह प्रशासन समक्ष माग गर्दछु । निर्मला हत्याकाण्डमा गृह मन्त्रालयसमक्ष बारम्बार उच्चस्तरीय न्यायीक छानबीन समितिको गठन गरी तदारुकता दिन माग गर्दै आए पनि गत विहिबारका दिन गृह मन्त्रालयले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र उपप्रमुखको स्थानान्तरण गरेपनि घटना झनै बल्झिन पुगेको छ । स्थानीय प्रहरी तथा प्रशासनमाथि आम जनताको विश्वास र भरोस टुटने अववस्था आउन नदिन सरकारले आफ्नो कमाण्डमा रहेको सुरक्षा प्रशासनलाई जनउत्तरदायी ढंगले परिचालन गरी जनभावना अनुरुप अनुसन्धानको कार्यलाई अगाडि बढाई दोषीलाई कार्वाहीको घेराभित्र ल्याउनु सकेमात्रै जनताको असन्तुष्टि हल हुन सक्छ । तसर्थ, म मेरो व्यक्तिगत र म सम्बद्ध पार्टी कमिटिका तर्फबाट निर्मला हत्याका विषयमा उच्चस्तरीय स्वतन्त्र न्यायिक छानबीन कमिटि अबिलम्ब गठन गर्न सम्माननीय प्रधानमन्त्रीसमक्ष माग गर्न चाहन्छु । लेखराज भट्ट सांसद
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending