काठमाडौँ । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।
नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेलले रिट निवेदन दर्ता गराएका हुन्। मुद्दाको प्रारम्भिक सुनुवाइका लागि मिति तोकिएको अदालत स्रोतले जनाएको छ। नेपाल मिडिया सोसाइटी राष्ट्रिय दैनिकलगायत प्रमुख सञ्चारमाध्यमका प्रकाशकहरूको संस्था हो।
रिटमा सरकारी निर्णयले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता कमजोर बनाउने उद्देश्य राखेको दाबी गरिएको छ। सोसाइटीका अनुसार उक्त निर्णय कानुन तथा संविधानविपरीत रहेको उल्लेख गर्दै अदालतमा चुनौती दिइएको हो।
चैत १८ गते सचिवस्तरीय निर्णयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी विज्ञापन तथा सूचना प्रकाशन–प्रसारण गर्दा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र सार्वजनिक कोष प्रयोग गर्ने सबै निकायले आफ्ना सूचना गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन तथा सरकारी स्वामित्वका सञ्चारमाध्यममार्फत मात्र प्रकाशन–प्रसारण गर्न परिपत्र जारी गरेको थियो।
रिट निवेदनमा उक्त निर्णय विज्ञापन नियमनसम्बन्धी ऐन, २०७६ तथा विज्ञापन नियमावली, २०७७ का विभिन्न प्रावधानविपरीत रहेको जिकिर गरिएको छ। साथै संविधानको धारा १७, १८ र १९ ले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमा प्रतिकूल असर पर्ने उल्लेख गरिएको छ।
निवेदनमा सरकारको निर्णय र परिपत्र संविधानको धारा १३३ बमोजिम उत्प्रेषण आदेशद्वारा बदर गर्न तथा अभिव्यक्ति स्वतन्त्रता खुम्चिने खालका कार्य नगर्न प्रतिषेध मिश्रित परमादेश जारी गर्न माग गरिएको छ।
मुद्दाको अन्तिम टुंगो लाग्न समय लाग्ने भएकाले सो अवधिसम्म निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्न समेत रिटमा आग्रह गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - ०९:२४
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस...
जेष्ठ १२ गते, २०८३ - ०९:२१
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) कागजमा ‘तीव्र गति’को परियोजना हो, तर मैदानमा यसको गति भने अझै कछुवाभन...
जेष्ठ १२ गते, २०८३ - ०९:१५
हेटौँडा । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे...
जेष्ठ १२ गते, २०८३ - ०९:१४
काभ्रे । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्ड पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तो...
जेष्ठ १२ गते, २०८३ - ०९:१०
काठमाडौं । अनलाइन पत्रकार संघ नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...
जेष्ठ १२ गते, २०८३ - ०९:०६
काठमाडौं । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र उहाँ सम्पादक रहेको जनआस्था साप्ताहिकलाई लक्षित गरी दुष्प्रचार, धम्की र षड्यन्त्रपूर्ण ग...
जेष्ठ १२ गते, २०८३ - ०९:०३
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि क्षेत्रमा ५१ अर्ब १४ करोड रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरेको छ। तर यो ठूलो अंकको बजेटभित्र...
जेष्ठ १२ गते, २०८३ - ०८:५२
काठमाडौं । काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्...
जेष्ठ १२ गते, २०८३ - ०८:४९
काठमाडौं । काठमाडौं महानगरपालिकाले ग्यालेक्सी फोरके टिभीको मातृसंस्था गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र कार्यालय खाली गरेर सामान लैजान अन्तिम सूचना ...
जेष्ठ १२ गते, २०८३ - ०८:४५
गोलभेँडा ८० रुपैयाँ, प्याज ३८ र हरियो खुर्सानी ७० रुपैयाँमा कारोबार



प्रतिकृया लेख्नुहोस्: