Khabar Dabali २२ श्रावण २०८३ शुक्रबार | 7th August, 2026 Fri
Investment bank

चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली

खबरडबली संवाददाता

ह्युस्टन। इतिहास रेकर्ड तोड्दै चन्द्रमाको दुर्लभ दृश्यको साक्षी बनेको आर्टेमिस द्वितीय अन्तरिक्ष टोलीले आफ्नो महत्त्वाकाङ्क्षी उडान सम्पन्न गर्दै पृथ्वीतर्फ फर्किने यात्रा सुरु गरेको छ । करिब सात घण्टासम्म अन्तरिक्षयानको झ्यालमा आँखा गाडेर बसेका चार सदस्यीय टोलीले मानव इतिहासमै फरक र अभूतपूर्व खगोलीय अनुभव सङ्कलन गरेका छन् ।

चन्द्रमाको कम चिनिएका क्रेटरदेखि सूर्य ग्रहणसम्मका दृश्य अवलोकन गरेका अन्तरिक्ष यात्रीले अन्तरिक्षबाट देखिएका दृश्यलाई शब्दमा व्यक्त गर्नै कठिन भएको बताएका छन् । अन्तरिक्ष यात्री भिक्टर ग्लोभरले आफूले देखेका दृश्य मानव कल्पनाभन्दा पर रहेको उल्लेख गर्दै त्यसलाई ‘अविश्वसनीय’ अनुभवका रूपमा वर्णन गरे।

उडानका क्रममा टोलीले चन्द्र सतहका सूक्ष्म संरचनालाई नजिकबाट नियालेका थिए भने चन्द्रमाले सूर्यलाई ढाक्दा देखिने सूर्य ग्रहणको दृश्य पनि प्रत्यक्ष देखेका थिए । त्यस्तै, चन्द्र सतहमा देखिएका उज्याला चमक उल्का प्रहारका सङ्केत भएको उनीहरूले बताएका छन् । आर्टेमिस द्वितीयका प्रमुख वैज्ञानिक केल्सी यङले यस अभियानबाट प्राप्त वैज्ञानिक जानकारी अत्यन्तै मूल्यवान रहेको बताउँदै अन्तरिक्ष यात्रीको योगदानको प्रशंसा गरे।

ऐतिहासिक दूरी पार गर्दै टोलीले सन् १९७० को अपोलो १३ अभियानले कायम गरेको कीर्तिमानसमेत तोडेको छ । उनीहरू पृथ्वीबाट करिब दुई लाख ५२ हजार ७६० माइल ९चार लाख छ हजार ७७८ किलोमिटर० टाढा पुगेका थिए, जुन अघिल्लो रेकर्डभन्दा चार हजार १०५ माइल बढी हो । अन्तरिक्ष यात्री जेरेमी ह्यानसेनले यो उपलब्धिले भाबी पुस्तालाई अझ अगाडि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।

यात्राका क्रममा उनीहरूले करिब ४० मिनेटसम्म पृथ्वीसँग सम्पर्क गुमाउनु परेको थियो, जुन अन्तरिक्षयान चन्द्रमाको पछाडि पुग्दा स्वाभाविक रूपमा हुने ‘ब्लयाक आउट’ हो । यो क्षण ५० वर्षभन्दा बढीपछि पहिलोपटक मानवले पृथ्वीसँग सम्पर्कविहीन भएको घटना बनेको छ । पुन: सम्पर्क स्थापित भएपछि अन्तरिक्ष यात्री क्रिस्टिना कोचले पृथ्वीको आवाज फेरि सुन्न पाउँदा निकै सन्तोष मिलेको बताए।

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष यात्रीसँग फोनमार्फत संवाद गर्दै उनीहरूलाई ‘आधुनिक समयका अग्रगामी’ भन्दै प्रशंसा गरे। उहाँले यस्तो साहसिक अभियानले विश्वलाई प्रेरित गरेको उल्लेख गर्दै अन्तरिक्ष अन्वेषणमा अमेरिका अग्रपङ्क्तिमा रहने धारणा व्यक्त गरे। संवादका क्रममा केही समय सङ्केत अवरोधसमेत देखिएको थियो, जसलाई उहाँले दूरीको कारण भएको टिप्पणी गरे।

ओरियन क्याप्सुलमार्फत फर्किदै गरेको टोली अब स्वत: पृथ्वी फर्किने बाटो ९फ्री(रिटर्न प्रक्षेपवक्र० मार्गमा पृथ्वी आइपुग्न करिब चार दिन लाग्नेछ । रिड वाइसम्यानको नेतृत्वमा रहेको यस मिसनमा विविध ऐतिहासिक उपलब्धि पनि समावेश छन् । ग्लोभर चन्द्रमाको वरिपरि पुग्ने पहिलो अश्वेत अन्तरिक्ष यात्री बन्नुभएको छ भने कोच पहिलो महिला र ह्यानसेन पहिलो गैर(अमेरिकीका रूपमा इतिहासमा दर्ज हुने तयारीमा छन्।

मिसनका क्रममा टोलीले दुई नयाँ चन्द्र क्रेटरको नाम प्रस्ताव गर्ने निर्णय गर्दा एउटा भावनात्मक क्षण पनि देखापर्‍यो । पहिलोलाई अन्तरिक्षयानको उपनाम ‘इन्टिग्रिटी’ बाट नामकरण गर्न प्रस्ताव गरिएको छ भने दोस्रो ‘क्यारोल’ नाम रिड वाइसम्यानकी स्वर्गीय पत्नीको सम्झनामा राख्न सुझाव दिइएको छ, जसको क्यान्सरका कारण निधन भएको थियो । उक्त क्षणमा टोली भावुक बनेको थियो र ह्युस्टनस्थित मिसन कन्ट्रोलले पनि मौन धारण गरेको थियो । नासाका अनुसार यी नाम औपचारिक स्वीकृतिका लागि अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियनसमक्ष पेश गरिने छन्, जुन खगोलीय संरचनाहरूको नामकरण गर्ने आधिकारिक निकाय हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभा बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौँ। संघीय संसद् राष्ट्रिय सभाको बैठकको मिति परिवर्तन गरिएको छ । शुक्रबार (साउन २२ गते) दिउँसो १:१५ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश उक्त द...

२५० को खरिदले दिलायो १० लाख, करदाता प्रोत्साहन उपहार योजनाको पहिलो बम्पर विजेता घोषणा

काठमाडौं । सरकारले बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत पहिलो १५ दिनको बम्पर उपहारको न...

रक्सीको घुट्कोसँगै बग्दै गएको जीवन

पहाडी गाउँको एउटा कुनामा जन्मिएको थियो विराज। घरमा अभाव थिएन। खेतबारी, गाईवस्तु, परिवारको माया—सबै थियो। गाउँलेहरू भन्थे, "यो केटो भाग्यमानी छ।" तर भा...

युट्युब हेरेर सुरु गरेको ड्र्यागन खेतीले दियो आम्दानी, कपिलवस्तुका किसानको उदाहरणीय सफलता

कपिलवस्तु । प्रविधिलाई सही रूपमा प्रयोग गर्न सके त्यसले जीवन नै बदल्न सक्छ भन्ने उदाहरण बनेका छन् कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्...

अस्पतालमा बिरामी होइन, लाइन बस्छ पर्चा ! सरकारी स्वास्थ्य सेवाको अव्यवस्थाले बढायो नागरिकको सास्ती

काठमाडौं । बिहान ६ बज्न नपाउँदै ध्रुव तिवारी नियमित स्वास्थ्य परीक्षणका लागि मीनभवनस्थित निजामती अस्पताल पुगे। उनको योजना स्पष्ट थियो—छिट्टै टिकट लिने...

प्रदेश सरकार गठनमा अंकगणित र आन्तरिक किचलो बाधक, १२ दिन बित्दा पनि पाँच प्रदेश अन्योलमा

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्ने सहमति भएको १२ दिन बितिसक्दा पनि अधिकांश प्रदेशमा नय...

गगन थापालाई मान्यता दिने आदेश पुनः परीक्षणमा, कांग्रेस विवाद फेरि सर्वोच्च अदालतमा

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व विवादसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले नयाँ मोड ल्याएको छ। विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको न...

बालेनको संसद् बहिष्कार कि जवाफदेहिताबाट पलायन ?

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको संसद्प्रतिको व्यवहारलाई लिएर प्रतिनिधिसभाभित्र र बाहिर प्रश्नहरू थप चर्किन थालेका छन्। संसद्मा निरन्तर उनको उपस्थ...

चिस्यान केन्द्र र गाडी खरिदमा भ्रष्टाचार आरोप, आठबीसकोटका नगरप्रमुख तानिए अदालत

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवी केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।...

देउवाको निवेदनमा सर्वोच्चको आदेश, गगन थापालाई आधिकारिकता दिने फैसलामाथि पुन: सुनुवाइ हुने

काठमाडौँ। नेपाली काङ्ग्रेसको विवादसम्बन्धी मुद्दालाई पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ। काङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending